पहिलो बैठकबाटै समूदाय केन्द्रीत कार्यक्रम गर्दै स्पेनको एनआरएनए

पहिलो बैठकबाटै समूदाय केन्द्रीत कार्यक्रम गर्दै स्पेनको एनआरएनए
+
-

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नयाँ कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै समूदाय केन्द्रीत कार्यक्रमहरु गर्ने घोषणा गरेको छ। सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले स्पेनमा रहेका नेपालीहरूका लागि विभिन्न महत्वपूर्ण र सहयोगी योजनाहरू अघि सारेको हो।

बैठकले विशेषगरी नयाँ आउने नेपालीहरूलाई सहयोग गर्न सामाजिक कार्यक्रम चलाउने निर्णय गरेको छ। राहदानी बनाउने क्रममा देखिएको भीडलाई ब्यबस्थापन गर्न सेप्टेम्बर महिनामै घुम्ती टोली बोलाएर राहदानी बनाउने र यसले धेरैलाइ सहज हुने विश्वास उसको छ।

साथै उसले स्पेनमा रहेका नेपाली समुदायको हितलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ। जसमा नेपाली बालबालिकाका लागि भाषा कक्षा, रोजगारीका लागि उपयोगी तालिम र स्पेनी भाषा कक्षा, आवश्यक परेकालाई अनलाइन कानुनी परामर्श तथा विद्यार्थी र नयाँ पेशाकर्मीका लागि करियर काउन्सेलिङ लगायत कार्यक्रम् गर्ने जनाएको छ।

त्यस्तै नेपाली संस्कृतिलाई जीवन्त राख्न यस वर्षको दुर्गा पूजाका लागि बार्सिलोनामा मूर्ति ल्याएर भव्य पूजाआजा गर्ने र वार्षिक ‘दशैं-तिहार सांस्कृतिक साँझ’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले स्पेनमा रहेका नेपालीलाई स्पेनी भाषा सिक्न सजिलो होस् भनेर २,००० प्रति पुस्तक छापी सदस्यहरूलाई निःशुल्क वितरण गर्ने महत्वपूर्ण योजना अघि सारेको छ।

कार्यसमितिले नयाँ सदस्यता भने आगामी सेप्टेम्बर १ देखि खुला गरिने जनाएको छ। त्यसैगरी, एनआरएनएले खेलकुदलाई प्रवर्द्धन गर्न ‘एनआरएनए कप फुटबल प्रतियोगिता’ र बालबालिकाका लागि खेलकुद कार्यक्रम पनि आयोजना गर्ने भएको छ। संघले आफ्नो कामलाई व्यवस्थित गर्न विभिन्न समितिहरू र पदहरूमा मनोनयन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ। अबदेखि संघको नियमित बैठक हरेक महिना बस्ने निर्णय पनि कार्यसमितिले गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?