एउटै गाउँपालिकाबाट चौध जना सरुवा हुँदा काम प्रभावित

एउटै गाउँपालिकाबाट चौध जना सरुवा हुँदा काम प्रभावित
सरुवा भएका कर्मचारीको फेरि भेटाँैला कार्यक्रमपछि सामूहिक फोटो खिचाउँदै। तस्बिरः देश सञ्चार
+
-

हुम्ला – एउटै गाउँपालिकाबाट विभिन्न शाखाका चौध जना कर्मचरी सरुवा भएका छन्। कर्णाली प्रदेश लोक सेवा आयोगले घरपायक पर्ने गरि सरुवा चाहानेको निवेदन मागे अनुसार उनीहरुको सरुवा भएकोले गाउँपालिकाको काम भने प्रभावित हुने भएको हो।

असार र साउन गरी विभिन्न शाखा र फाँटका गरि चौध जना कर्मचारी सरुवा भएर गएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए। अर्को कुनै ब्यवस्था नगरी एक पटकमा यत्रो कर्मचारी सरुवा भएपछि कार्यालयको काम प्रभावित हुने देखिएको होे।

कर्णाली प्रदेश लोक सेवा आयोगले बिभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई घरपायक पर्ने गरि सरुवा माग्न निवेदन मागेको र त्यस माथि कारवाही गर्दै सरुवा गरेको छ। कर्मचारी सरुवा हुनु स्वभाविक भएको तर त्यसको बिकल्प पनि गर्नु पर्नेमा त्यसो नगरिएको गुनासो उनको छ। यसरी एक्कै पटकमा धेरै कर्मचारी सरुवा भएका शाखामा स्वास्थ्यका सात जना, प्राविधिक तीन जना, प्रशासन शाखाबाट एक जना, महिला विकास शाखाका एक जना, कृषि शाखाका एक जना र पशु बिकास शाखाबाट एक जना गरि चौध जना कर्मचारी सरुवा भएर जानु भएको हो।

अन्य शाखाको कर्मचारी सरुवा भएर गए पनि खासै असर नपर्ने देखिए पनि स्वास्थ्य र प्राविधिक शाखाको काम भने प्रभावित भएको उनले बताए। ती दुवै शाखाबाट मात्र दश जना कर्मचारी धेरै सरुवा भएका छन। प्रदेश लोक सेवा आयोगले तत्काल कर्मचारीको कुनै ब्यवस्था गर्ने सम्भावनाा नदेखिएको कारण अब कार्यपालिकाको निर्णय गरेर लोक सेवालाई करारमा कर्मचारी राख्ने ब्यवस्थाका लागि अनुरोध गर्नेतर्फ तयारी भइरहेको उनले बताए।

उनले प्रशासनका कर्मचारी करारमा राख्न नसकिने भए पनि प्रदेश लोकसेवा आयोगको सहमतिमा अन्य शाखाका कर्मचारी राख्न सकिने कानुन प्रावधान रहेकाले केही सहज हुने बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?