देशसञ्चार चौतारीमा भाग-१०८

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

+
-

देशसञ्चारको यसपटकको अंकमा हामीले कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारीलाई निम्त्याएका छौँ। उनले कलेजोरोगका थुप्रै आयामहरू र नेपालमा कलेजो प्रत्यारोपणको अभ्यास र पहलबारे विस्तृतमा जानकारी दिएका छन्, सहकर्मीहरूमाझ।

सुदूरपश्चिमको बैतडीबाट एमबिबिएस पढ्न धरान पुगेका डाक्टर भण्डारी सुरुमा बालरोग विशेषज्ञ बन्न चाहन्थे तर समयले उनलाई सर्जन बनायो। त्यत्तिमात्र होइन, नेपालमै पहिलो कलेजो प्रत्यारोपण विशेषज्ञ बने उनी।

अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपणकै तालिम लिँदै गर्दा उनले नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्छु भनेर प्रतिबद्धता नै जनाएका थिए। नभन्दै उनले यो काम सुरु गरे नेपालमा।

पहिलोपटक कलेजो प्रत्यारोपण गर्दा बिरामीलाई कन्भिन्स गर्न उनीहरूले निकै मेहनत गरेका थिए। पहिलो प्रत्यारोपण गर्दा सबै टिम एक्साइटेड भए पनि उनी भने नर्भस भए। ‘पहिलोमै सफल भएन भने कार्यक्रम नै असफल हुन्छ भनेर म नर्भस भएको थिएँ,’ उनले भने। प्रत्यारोपण सुरु गर्ने बेला भारतीय चिकित्सकहरूबाट पाएको सहयोगको पनि उनले सराहना गरे।

पहिलोपटक स्कुले शिक्षा पाउन पनि उनी बैतडीबाट चार दिनको बाटो लगाएर काठमाडौँ आएका थिए। अनि घर जाँदा पनि उनले चार दिनकै बाटो तय गर्नुपर्थ्यो,  भारतीय मार्ग भएर।

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया गरेपछि आफू स्ट्रेसमा गएको पनि उनले बताए। ‘के होला भनेर म स्ट्रेसमा गएको थिएँ तर पछि राम्रो भयो अनि उहाँले मिर्गौला प्रत्यारोपण नै नेपालमा गराउनुभएको थियो,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।

उनले प्रधानमन्त्रीसँगको सम्बन्धबाट आफूले कुनै प्रकारको लाभ नलिएको पनि प्रस्ट पारे। आफूले राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायतको पनि शल्यक्रिया गरेको खुलाए।

वर्षको २५ वटा कलेजो प्रत्यारोपण नेपालमै गर्न सम्भव भए पनि विभिन्न कारणले गर्दा त्यत्ति संख्यामा प्रत्यारोपण गर्न नसकिएको उनले बताए। विदेशमा भन्दा नेपालमा उपचार गर्दा धेरै सस्तो हुने पनि उनले बताए।

डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपणका ९० प्रतिशत बिरामीहरू रक्सी सेवन गर्नेहरू नै हुन्छन्। ‘यही नै कलेजो बिग्रनुको प्रमुख कारण रहेछ,’ उनले भने।

उनले देशसञ्चार चौतारीका क्रममा कलेजो बिग्रनुका कारणहरू पनि खोलेका छन्।

देशसञ्चार चौतारीको पूरा भाग:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?