रुसी आक्रमणबाट किएभमा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

रुसी आक्रमणबाट किएभमा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
+
-

किएभ – युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ।

यसअघि दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ।

मन्त्रालयले बिहीबारको आक्रमणमा १६ जना बालबालिकासहित १५९ जना घाइते भएको बताएको छ।

दक्षिणपूर्वी युक्रेनको जापोरिझियामा शुक्रबार भएको रूसी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको यस क्षेत्रको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ।

बिहीबारको आक्रमणपछि किएभले एक दिनको शोक मनाउँदै घातक आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्ना सहयोगीहरूलाई आक्रमणको केही घण्टापछि ‘रूसको शासन शैलीमा परिवर्तन’ ल्याउन दवाव दिन आग्रह गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको कार्यहरूको निन्दा गर्दै मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरू आउने बताएका छन्। रूसले गरेको कार्य घृणित भएको ट्रम्पले पत्रकार सम्मेलनमा बताए।

गत सोमबार ट्रम्पले मस्कोलाई आफ्नो आक्रमण रोक्न आग्रह गर्दै अन्यथा प्रतिबन्धको सामना गर्न १० देखि १२ दिनको अल्टिमेटम जारी गरेका थिए। रासस/एएफपी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?