किन पक्राउ परे चक्रे मिलनसहित ४७ जना?

किन पक्राउ परे चक्रे मिलनसहित ४७ जना?
+
-

काठमाडौँ- गुण्डागर्दीमा संलग्न देखिएपछि चक्रे मिलन भनेर चिनिने मिलन गुरूङसहित गएराति करिब १ बजेतिर ४७ जना महाराजगञ्जस्थित साम्वाला हाेटलबाट पक्राउ परे।

उनीहरू गुरूङकाे बर्थ डे (जन्मदिन) मनाइरहेका थिए, हाेहल्लासहित म्युजिककाे तालमा। उनीहरूलाई पक्राउ गर्न प्रहरीले एक प्रकारकाे पापड नै बेल्नुपरेकाे प्रहरी अधिकारी बताउँछन्।

गुरूङ समूह र प्रहरीबीच मुठभेडसमेत हुनसक्ने आशंकाबीच ठूलै संख्यामा प्रहरी हाेटल पुगेकाे थियाे। उक्त प्रहरीले बर्थ डे पार्टी नसक्काउँदै ४७ जनालाई पक्राउ गर्‍यो।

पक्राउ परेकाहरूलाई काठमाडौँ प्रहरी परिसरमा राखिएकाे छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ।

किन पक्राउ परे ?

मिलन गुरूङबाट चक्रे मिलन भएर पहिले गुण्डागर्दीमा संलग्न उनी पछिल्लाे समय चुपचाप जस्तै थिए।

प्रहरीले देशैभरी गुण्डागर्दीमा संलग्नमाथि २०७१/७२ तिर इन्काउन्टर सुरू गरेपछि गुण्डागर्दी कम भएकाे थियाे। त्यसै समयमा २१ साउन २०७१ मा मारिएका थिए, चरीका नाममा चर्चित डन दिनेश अधिकारी।

उनीजस्तै प्रहरी इन्काउण्टरमा मारिनेहरूमा घैटे भनेर चिनिने कुमार श्रेष्ठ, रूपन्देहीका मनाेज पुनलगायत पनि हुन्। त्यसपछि कम भएकाे गुण्डागर्दी पछिल्लाे समय फेरि माैलाउन थालेकाे देखिन्छ।

गुरूङ पनि चुपचाप जस्तै रहेकाेमा केही दिनअघि गाडीकाे लावालस्कर लगाएर सडकमा गुडेकाे थाहा भएपछि प्रहरीले उनीमाथि निगरानी बढाएकाे थियाे। गाडीको लावालस्करले बाटाे छेकेर गुरूङको गाडी सडकमा गुडेकाे सामाजिक सञ्जालमा पोष्ट भएकाे भिडियाे अपराध अनुसन्धान कार्यालयमा पुगेपछि उनी प्रहरी निगरानीमा परेका थिए।

‘केही दिनअघि आतंकित गर्नेगरी समाजिक सञ्चालनमा भिडियाेहरू देखिएपछि हामीले निगरानी बढाएका थियाैँ’, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए।

दुई-तीन दिनदेखि गुरूङले बर्थ डे मनाइरहेका छन्। बिहीबार बर्थ डेकाे अवसरमा पशुपतिमा पूजाआजा र सडकमा बसेका असहायलाई सहयाेग वितरण गरेकाे भिडियाे पनि बाहिरिएकाे थियाे।

साम्वाला हाेटलमा पुग्नसमेत गुरूङलाई स्कटिङ गरेर सडकमा लावालस्कर गाडी देखाएपछि प्रहरी पक्राउ गर्ने अवस्थामा पुगेकाे हाे। ‘आतंक सृजना गर्ने गतिविधि गरेपछि केही दिनदेखि उनीहरू निगरानीमा थिए। बर्थ डे मनाउने नाममा निरन्तर आतंक सृजना गरेपछि पक्राउ गर्नु परेकाे हाे’, प्रवक्ता आचार्यले भने।

अपराध अनुसन्धान विभागसहित काठमाडौँ उपत्यकाका विभिन्न युनिटबाट ४७ जनालाई पक्राउ गर्न प्रहरी परिचालन भएका थिए। पक्राउ परेकाहरूलाई कुन कसुरमा मुद्दा दर्ता चलाउने भन्ने अनुसन्धानपछि थाहा हुने आचार्य बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?