कांग्रेस भित्रको किचलोमा बागमती सरकार, मन्त्रीको राजीनामा पछि मुख्यमन्त्रीले गरे बर्खास्त

कांग्रेस भित्रको किचलोमा बागमती सरकार, मन्त्रीको राजीनामा पछि मुख्यमन्त्रीले गरे बर्खास्त
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा। फाइल तस्बिर ।
+
-

काठमाडौं- बागमती  प्रदेशमा कांग्रेस भित्रको किचलो सतहमा देखिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीलाइ  बर्खास्त गरेका छन्। यद्यपी मन्त्रीहरुले भने आफूहुरुले राजीनामा दिएको दाबि गरेका छन्। यो सँगै बागमती प्रदेश सरकारमा कांग्रेसभित्रै किचलोले अस्बथिरता बढेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीलाइ राजीनामा दिन आग्रह गरेका थिए। तर उनले  एक वर्षमै  राजीनामा दिंदा राम्रो सन्देश नजाने अडान लिंदै आएका छन्। देउवाकै सहमतिमा मुख्यमन्त्री भएपनि उनले नछाडने बताएपछि उनलाइ हटाउन देउवालेनै कांग्रेसका चार मन्त्रीले राजीनामा दिनका लागि आग्रह गरेको र उनलाइ संसदीय दलको नेताबाट हटाउने भुमिका खेलेका थिए।

उनीहरुको राजीनामा लगतै मुख्यमन्त्री बहादुरसिंह लामाले चारै मन्त्रीलाई बर्खास्त गर्दै बागमती प्रदेशमा मन्त्रीपरिषद पुनर्गठन गर्ने जनाएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले दिउँसोनै ह्वाट्सएप मार्फत राजीनामा बुझाएका थिए। तर उनीहरुलाई शुक्रबार बेलुकी मुख्यमन्त्री लामाले बर्खास्त गरेका हुन्।

मन्त्रीहरुले प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसँग भेट नभएपछि ह्वाट्सएपमार्फत राजीनामा बुझाएको र मुख्यमन्त्रीलाई फोन गरेर जानकारी समेत गराएको दाबी गरेका थिए। तर मुख्यमन्त्री लामाले शुक्रबार बेलुकानै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको थियो।

शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका सांसद इन्द्र बानियाँलाई संसदीय दल नेता बनाउन ३७ मध्ये २१ सांसदले हस्ताक्षर गरेका थिए। बागमतीमा  लामा र बानियाँबिच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको संस्थापन इतर पक्षका सांसदहरूको दाबी छ।

तर सहमति कार्यान्वयन गर्ने समयमा मुख्यमन्त्री गुरूङ सम्पर्कविहीन भएको भनेर चार मन्त्रीसहित २१ जनाले उनीविरूद्ध हस्ताक्षर गरेका थिए। उनीहरूले सांसदहरूको हस्ताक्षर संसदीय दलका सचिव कृष्ण तामाङलाई बुझाएका छन्। उनीहरूले बानियाँलाई दल नेता बनाएर मुख्यमन्त्री फेर्ने तयारी गरेका छन्।

२०७९ पुस १३ गते भएको संसदीय दलको नेता चुन्नका लागि भएको निर्वाचनमा ईन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले हराउँदै नुवाकोटका लामा संसदीय दल नेता निर्वाचित भएका थिए। बानियाँले १६ मत ल्याएका थिए भने लामाले २१ मत ल्याएका थिए।

बानियाँ र लामा त्यसबेला संस्थापन पक्ष (सभापति शेरबहादुर देउवानिकट) नै थिए। तर संसदीय दल नेतामा समर्थन नपाउने अवस्था बनेपछि बानियाँले संस्थापनइतर समूहको साथ पाए तर जित्न सकेनन्। उनलाई त्यसबेला नेता शेखर कोइराला र महामन्त्री गगन थापाको साथ थियो।

अहिले ईन्द्रबहादुर बानियाँलाई संसदीय दल नेता बनाउन हस्ताक्षर गर्ने सांसदहरू सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट सांसदहरू रहेका छन्। लामा भने कोइराला खेमामा पुगेको बताइन्छ।

मुख्यमन्त्री लामाले भने एक वर्षमै सरकारको नेतृत्व छाड्दा सन्देश राम्रो नजाने भन्दै एक वर्षमै मुख्यमन्त्री छाड्ने हो भने अरू प्रदेशमा पनि त्यो कुरा लागू हुनुपर्ने बताउँदै आएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?