एनआरएनए जापानमा चुनावी सर्गर्मी बढ्दै, उपाध्यक्षमा सुवेदीको उम्मेदवारी

एनआरएनए जापानमा चुनावी सर्गर्मी बढ्दै, उपाध्यक्षमा सुवेदीको उम्मेदवारी
+
-

काठमाडाैँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा चुनावी सर्गर्मी बढेको छ। जापानमा कार्यक्षेत्र बनाएर लामो समय देखी रहँदै आएका र सामाजिक क्षेत्रमा समेत सकृया रहेकाहरुले आफ्नो उमेदवारी धमाधम घोषणा गरीरहेका छन्।

यसैबीचमा उपाध्यक्ष पदमा नारायण सुवेदीले उमेदवारी घोषणा गरेका छन्। लामो समयदेखि जापान बस्दै आएका सुवेदीले २ वर्षे कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन्।

एनआरएनए क्यूसु क्षेत्रीय कार्यसमितिको सदस्य, कोषाध्यक्ष, मानार्थ सदस्य तथा राष्ट्रिय परिषद सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका उनले आफ्नो उमेदवारी नाराका लागि मात्र नभएको भन्दै सबैलाइ सहयोग गर्न आग्रह गरे।

सुवेदीले उमेदवारी घोषणा गर्दै भने, ‘नाराको होइन, साहाराको एनआरएनएु बनाउने उदेश्यका साथ मेरो उम्मेवादवारी हो।’ जापानस्थित नेपालीहरूको जीवन अझ व्यवस्थित, सुरक्षित र सम्मानजनक होस् भन्ने उद्देश्य आफ्नो रहेको उनले बताए।

उनले एनआरएनएलाई सबै नेपालीले हाम्रो र राम्रो भन्ने महशुस गर्न सकून् भन्ने उदेश्य रहेको बताए। जापानभर रहेका नेपाली समुदायको सेवा गर्ने अवसर प्रदान गर्नका लागि आग्रह गरे। साथै उनले उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थ वा पदको लोभले नभई, साझा हित, पारदर्शी नेतृत्व, समावेशी दृष्टिकोण र समुदायको पहिचान तथा हितमा योगदान पुर्यााउने दृढ उद्देश्यका साथ रहेको बताए।

सुवेदीले जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा घुम्ती सेवा फुकुओका, नेपाल फेस्टिवल फुकुओका, हाकाता दोन्ताकु, फुकुओका अध्यागमन ब्यूरोसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम, नेपाल र जापानमा विभीन्न समस्यमा परेका नेपालीहरुको सहयोगका गतिविधिहरू, खेलकुद गतिविधिहरु सफलतापूर्वक सम्पन्न गर्नका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको जनाएका छन्।

उनले भने, ‘यो संस्थाको साखलाई माथि उचाल्नको लागि निस्वार्थ भाबनाले समाजिक कार्य गर्न इच्छुकहरु जात,धर्म,भूगोल र राजनैतिक आस्था भन्दामाथि उठेर यो अभियानमा जोडिनु पर्छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?