श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

श्रीलंकाको पोस्टमा नेपालको ७ गोल
+
-

काठमाडौं-बंगलादेशमा जारी साफ महिला यु-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको छ। पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा थप दुइ गोल थपेको थियो।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा सम्पन्न खेलमा नेपालका लागि मीना देउवाले ह्याट्रिक पुरा गर्दा पूर्णिमा राईले २ गोल तथा समीक्षा मगर र सरिता नाथले समान १-१ गोल गरे।

यो जितसँगै नेपाल तीन खेलबाट २ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले तीन खेलबाट ६ अङ्क बनाउँदा बंगलादेशले समान खेलबाट अपराजित रहँदै ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६-१ ले हराउँदा दोस्रो खेलमा ब्ऊलादेश सँग ३-२ ले पराजित भएको थियो।

मंगलबार भएको खेलमा नेपालले सातौं मिनेटमै मीनाले अग्रता दिलाएकी थिइन्। उनले पेनाल्टी बक्सभन्दा निकै बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो। त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो।

समीक्षाले कप्तान विर्सना चौधरीको स्थानमा सुरुआती ११ मा स्थान बनाएकी थिइन्। जारी प्रतियोगितामा यो उनको पहिलो गोल हो। त्यसपछि पनि नेपालले बारम्बार गोलको अवसर बुनेको थियो। तर, हिलाम्मे मैदानमा नेपाल फिनिसिङमा चुक्यो।

४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पुर्‍याइन्। माया मास्केको लामो प्रहारलाई श्रीलंकाली गोलकिपरले पञ्च गर्दै बचाएकी थिइन्। तर, सिक्स यार्ड बक्सनजिकबाट रिबाउन्डमा मीनाले अर्को गोल थपिन्।

त्यसपछि नेपालको लयलाइ श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल बेहोर्‍यो। दोस्रो मिनेटमा समीक्षाले दिएको लामो क्रसमा पूर्णिमाले उत्कृष्ट रन बनाउँदै गोलमा परिणत गरिन्। लगत्तै समीक्षाले त्यसरी नै निकाल्दिएको बलमा पूर्णिमाले दुरुस्तै गोल निकालिन्। जारी प्रतियोगितामा उनको यो छैटौं गोल हो। उनले भुटानविरुद्धको ६-१ को जितमा एक्लैले ४ गोल गरेकी थिइन्।

दोस्रो हाफमा मिनाले ह्याट्रिक पुरा गरीन्। उनले ७० औं मिनेटमा ह्याट्रिक गर्दा इन्जुरी समयमा सरिताले नेपालको अग्रता ७-० मा पुर्याउन सफल भइन्। डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ। यस्तोमा अब नेपालले सबै टिमसँग समान १-१ खेल खेल्ने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?