देशसञ्चार चौतारीमा भाग-१०५

‘शिक्षामा दलीय हस्तक्षेप धेरै छ’

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा शिक्षाविद् रविप्रसाद बरालले सहकर्मीहरूका जिज्ञासाका जवाफ दिएका छन्।

उनले नेपालको शिक्षामा दलीय हस्तक्षेपलाई रोक्नमात्र सक्दा पनि गुणस्तर बढाउन सकिने बताए।

पोखरामा विभिन्न संस्थामा प्राचार्य रहेर हाल अवकाश जीवन बिताइरहेका बरालले लामो समयसम्म शिक्षामा काम गर्दा विद्यार्थीहरूलाई पढाएको तर सिकाउन नसकेको बताए।

पोखराको गण्डकी बोर्डिङ स्कुलमा लामो समय प्राचार्यको भूमिकामा रहे बराल।

यस वर्षको एसईई नतिजालाई उत्साहजनक रूपमा बुझ्दै बरालले १४ प्रतिशतले नतिजामा सुधार आएर ६२ प्रतिशत नतिजा आउनु सकारात्मक रहेको बताए। तर पनि ३८ प्रतिशत विद्यार्थी किन फेल भए भन्नेबारे स्वभाविक प्रश्न उठ्ने पनि उनले बताए।

उनले एकैचोटि १४ प्रतिशतले नतिजामा सुधार आउँदा स्वाभाविक रूपले प्रश्न उब्जिएको पनि बताए। ‘शिक्षाविद्हरूले यसमा शंका गरेका छन्,’ बरालले देशसञ्चाार चौतारीका क्रममा भने।

उनले देशसञ्चार चौतारीका क्रममा आफ्नो अध्यापन समयका अनुभव र सिकाइहरू सहकर्मीमाझ बाँडेका छन्।

पूरा भिडियो:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?