इरानद्वारा कतारस्थित अमेरिकी सैन्यबेशमा आक्रमण

इरानद्वारा कतारस्थित अमेरिकी सैन्यबेशमा आक्रमण
+
-

इरानले अमेरिकाको कतारस्थित सैन्यवेशमा मिसायल आक्रमण गरेको छ। बीबीसीका अनुसार दोहाको आकाशमा विष्फोटका आवाजहरु सुनिएका छन्। सामाजिक सञ्जालमा सकृय इरानी मिलिट्रीले ६ वटा मिसायल कतार स्थित अमेरिकी शैन्य बेसमा प्रहार गरेको जनाएको छ।

कतारमा अहिले निरन्तर परिस्थिति परिवर्तन भइरहेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरका अनुसार कतारस्थित अल-उदैद मा रहेको अमेरिका द्वारा सञ्चालित कोलिसन एयर अपरेसन सेन्टर इरानको निशानामा परेको छ।

केही घण्टा अघि कतारस्थित अमेरिकी दूतावासले अमेरिकन नागरिकहरूलाई घरमै सुरक्षित बस्न आग्रह गरेको थियो। छोटो सूचनामा विस्तृत विवरण दिइएको छैन, तर सतर्कता स्वरूप चेतावनी जारी गरिएको उल्लेख छ।

त्यसपछि बेलायती विदेशमन्त्री डेभिड लाम्मीले कतारमा रहेका बेलायती नागरिकहरूलाई पनि त्यही सुझाव दिए।

साथै कतारले अस्थायी रूपमा आफ्नो एयर स्पेश अनिश्चितकालका लागि बन्द गरेको छ। विश्वका व्यस्त विमानस्थलहरूमध्ये एक रहेको उक्त विमानस्थल बन्द हुँदा हजारौं प्लेनहरु अन्यत्र मोडीनु परेको छ।

त्यसलगतै कतारका आकाशमा विष्फोटका आवाजहरु सुनिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?