नेदरल्यान्ड्स द्वारा नेपाललाई चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्स द्वारा नेपाललाई चुनौतीपूर्ण लक्ष्य
+
-

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ७५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो।

नेदरल्यान्ड्सका लागि केवल ४ खेलाडीले दोहोरो रनको स्कोर बनाएपनि उसले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो। उसका लागि माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए। उनले ५३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे। उनी बाहेक सुरुवाती लाइनअप टिक्न सकेको थिएन्। तर मध्य क्रममा आएका रोलअफ भान डेर मेर्युले २१ बलमा ३६ रनको नटआउट इनिङ खेल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए। त्यस्तै सादिक जुल्फिकरले १४ रन बनाउँदा आर्यान दतले १७ रन बनाए।

नेपालका लागि करण केसीले २ विकेट लिंदा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १-१ विकेट लिए। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालले यसअघि स्कटल्यान्ड विरुद्धको खेलको प्लेइङ ११ मा आज तीन परिवर्तन गरेको छ। किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखलाई प्लेइङ ११ मा समेटेको छ।

डबल राउन्ड रोविनका आधारमा जारी सिरिजमा नेदरल्यान्ड्स सँग नेपालको यो दोस्रो तथा अन्तिम खेल हो। ग्लासगोमा हुने खेलमा दुइ जित निकालेको डच टोलीले आजको खेल जितेमा च्याम्पियन बन्ने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?