देशसञ्चार चौतारीमा भाग - १०१

कविले सय वर्षपछिको दुनियाँ पनि देख्नसक्छ…

+
-

काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले पूर्वखेलाडी, खेलकुद कमेन्टेटर तथा निर्देशक अमनप्रताप अधिकारीलाई निम्त्याएका छौँ। उनले आफ्नो खेलजीवन, नेपालको समग्र खेल क्षेत्र र आफ्नो मनोरञ्जन क्षेत्रको संलग्नताबारे देशसञ्चार चौतारीको यसपटकको अंकमा खुलेर कुरा गरेका छन्।

खेल क्षेत्रलाई राज्यले दिनुपर्ने जति योगदान दिन नसकेको देशसञ्चार चौतारीका क्रममा अधिकारीले बताए।

राज्यलाई खेल क्षेत्रले चिनारी दिएको तर त्यो योगदानलाई राज्यले बुझ्न नसकेको अधिकारीको भनाइ थियो।

सामाजिक सञ्जालले खेलाडीको परिचय बनाउने तर कहिलेकाहिँ खेलाडीको वास्तविक परिचय नझल्काउने उनले बताए।

कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले पोएट आइडल भन्ने फरक खालको कार्यक्रम पनि सञ्चालन गरेका थिए।

उनले खेल क्षेत्रका राम्रा खेलाडीहरूको बारे पनि देशसञ्चार चौतारीका क्रममा चर्चा गरेका थिए।

उनले महिला फुटबलर साम्बालाई नेपालले पुज्नुपर्ने पनि बताए।

अरुले जस्तोसुकै निरुत्साहित गर्न खोजे पनि अगाडि बढ्ने साम्बाको चरित्र रहेको उनले बताए।

‘रोडिज’ शारिरीकभन्दा पनि मानसिक काममा बढी फोकस हुनुपर्ने पनि कुनै समय ‘रोडिज’ हाँकेका अधिकारीले बताए।

थुप्रै टेलिभिजन रियालिटी सोहरूका निर्देशक रहेका अधिकारीले टेलिभिजनको दुनियाँमा धेरै नयाँ र फरक कार्यक्रम पनि ल्याएका छन्।

१६ वर्षकै उमेरमा ए डिभिजन क्लबसँग आबद्ध बनेका अधिकारीले खेलकुदको क्षेत्रमा लामो समय बिताएका छन् पनि। फुटबलबाट खेलकुद पत्रकारिता हुँदै अहिले टेलिभिजनको दुनियाँमा रमाइरहेका अधिकारीले देशसञ्चार चौतारीमा आफ्ना थुप्रै कथा र संघर्षहरूको फेहरिस्त लगाएका छन्।

पूरा भिडियो:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?