कुवेतस्थित नेपाली दूतावासद्वारा इराकको बग्दादमा घुम्ती शिविर सञ्चालन

कुवेतस्थित नेपाली दूतावासद्वारा इराकको बग्दादमा घुम्ती शिविर सञ्चालन
+
-

काठमाडौँ– कुवेतस्थित नेपाली राजदूतावासले इराकको राजधानी बग्दादमा राहदानी नवीकरण तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन गरेको छ। गत जेठ १८ देखि २१ गतेसम्म सञ्चालित उक्त शिविरमा उल्लेख्य संख्यामा नेपाली नागरिकहरूले सेवा लिएका छन्।

राहदानी विभागसँगको समन्वय तथा बग्दादमा रहेका नेपालीहरूको सहकार्यमा बग्दादको जाद्रियामा राजदूतावासले यो घुम्ती शिविर सञ्चालन गरेको हो। शिविरमा उल्लेख्य संख्यामा नेपालीहरूले राहदानी नवीकरण सेवा लिएका थिए भने समस्यामा परेका नेपालीहरूलाई एकतर्फी यात्रा अनुमती पत्र (ट्राभल डकुमेन्ट) समेत वितरण गरिएको थियो।

कार्यक्रमको क्रममा बग्दादमा रहेका नेपालीहरूको समस्या तथा ती समस्याको समाधानका उपायहरूबारे छलफल तथा अन्तर्क्रिया गरियो। साथै, इराकमा कार्यरत नेपाली श्रमिकहरूको पछिल्लो अवस्था, समस्याहरू र राजदूतावासबाट उपलब्ध भइरहेको कन्सुलर सेवालाई थप सहज र सुलभ बनाउने सम्बन्धमा समेत बृहत छलफल गरिएको थियो।

उक्त अन्तर्क्रिया कार्यक्रममा इराकमा रहेका गैर आवासीय नेपाली संघका प्रतिनिधिहरू र उल्लेख्य संख्यामा नेपाली श्रमिकहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो। शिविरमा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतम र तृतीय सचिव नवीन पराजुली सहभागी हुनुहुन्थ्यो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?