बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतीको सामना गर्छुः माधव नेपाल

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतीको सामना गर्छुः माधव नेपाल
+
-

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर इष्या गर्नेहरु आत्तिएको बताए।

उनले पार्टीको भूमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताए। आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए।

आफूमाथिको चुनौतीको सामना गर्ने उल्लेख गरे। उनले भने, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्वपूर्ण रहेको छ। हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ। भ्रष्टाचारको केस।’

उनले थपे, ‘निर्णयको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु। मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु।’

अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गरे। उनले आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गरे। विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने उनको भनाइ थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?