अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित ४ नेपाली मृत भेटिए

अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित ४ नेपाली मृत भेटिए
+
-

अमेरिकाको भर्जिनियास्थित मनाससको एक घरमा गोली लागेर मृत्यु भएको अवस्थामा चार नेपालीको शव भेटिएको त्यहाँको प्रहरीले जनाएको छ।

मनाससपार्क प्रहरीका अनुसार एक घरको भुँइ तलामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेको जनाएको छ।

स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई खबर गरेर आफ्नो घरको भुँइतलामा बस्ने ब्यक्तिहरुको अवस्था बुझ्न अनुरोध गरेका थिए।

त्यसपछि घटनास्थल पुग्दा प्रहरीले चार जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका प्रहरीले विज्ञप्तिमा जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई आत्महत्या हो या हत्या हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलमा प्रहरीले एक बन्दुक पनि फेला पारेको जनाएको छ।

अनुसन्धान जारी रहेको प्रहरीले विज्ञप्तिमा जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?