अमेरिकी सरकारद्वारा नेपालीका लागि टीपीएस समाप्त, नेपाल फर्कन दुई महिनाको समय

अमेरिकी सरकारद्वारा नेपालीका लागि टीपीएस समाप्त, नेपाल फर्कन दुई महिनाको समय
अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नेएम।
+
-

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा मन्त्रालयले नेपाली नागरिकहरूका लागि प्रदान गरिएको अस्थायी बसोबास टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने घोषणा गरेको छ।

यो निर्णयले हजारौँ नेपालीहरूलाई असर गर्ने बताइएको छ। उनीहरूलाई नेपाल फर्कन दुई महिनाको समय दिइएको छ।

यस हप्ता प्रकाशित एक संघीय राजपत्र सूचनामा नेपालका लागि टीपीएस आधिकारिक रूपमा सन् २०२५ अगस्ट ५ तारिखको राति ११:५९ बजेबाट अन्त्य हुने उल्लेख गरेको छ।

गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको हालको अवस्थाको समीक्षा गरेपछि यो निर्णय गरिएको जानकारी दिएकी छन्।

टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय विपद् र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो।

यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्। उनीहरुले अमेरिकामा वैध रुपमा बस्ने अधिकार गुमाउन पुगेका छन्।

२०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए। राष्ट्रपति बाराक ओबामाको प्रशासनले २०१५ नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?