विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा विजयी

विश्वकप लिग-२: नेपाल लगातार दोस्रो खेलमा विजयी
+
-

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अङ्क तालिकामा १४ खेलबाट १० अङ्क बनाउन सफल भयो।

स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७८ रनको इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर अविजित रहे। उनलाई गुल्सन झाले ११ रन बनाएर साथ दिए।

त्यसअघि कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले १९ र कुशल भुर्तेलले २५ रन बनाएर आउट भएका थिए। डच टोलीका लागि माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंगमा र पउल भान मिकरेनले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको डच टोली ४९.१ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए। त्यस्तै विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाए।

त्यस्तै तेजा निदामनुरुले १३ रन बनाउनु बाहेक रोलअफ भान डेर म्यार्युले २१ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा  करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?