देशसञ्चार चौतारी : भाग-९९

‘बाटोमा फोहोर फ्याँकेर सम्बृद्धिको धाक’

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले बागमती सफाइ महाअभियानका दुई प्रमुख सदस्य किशोरसिंह शाही र माला खरेललाई देशसञ्चार चौतारीमा बोलाएका छौँ। उनीहरूले देशसञ्चार चौतारीमा बागमती सफाइ महाअभियानको १२ वर्ष पूरा भएको अवसरमा लामो कुराकानी गरेका छन्।

बागमती सफाइ महाअभियान सुरुभन्दा अगाडि बागमती एकदमै धेरै फोहोर र फोहोरैफोहोरको पहाडले जमेको अवस्था थियो। त्यो बेलामा नेपालको सभ्यता जोगाउन २०७० जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको जानकारी अभियन्ता माला खरेलले दिइन्।

कोरोना संक्रमणकालमा समेत माला खरेल एक्लै बागमतीमा पसेर एक झोला फोहोर निकालेर भए पनि सफाइ अभियानलाई निरन्तरता दिएकी थिइन्।

विगत १२ वर्षमा १५ लाख मानिसका ३० लाख हातहरूले बागमती सफाइका लागि फोहोर उठाइसकेको खरेलले जानकारी दिइन्।

अर्का अभियन्ता शाही सुटिङका खेलाडी र प्रशिक्षकसँगै योगशिक्षक पनि हुन्। उनी इन्जिनियर पनि हुन्।

‘काठमाडौँ कंक्रिटको जंगल थियो, फोहोरैफोहोरको डंगुरबाट काठमाडौँलाई सफा बनाउन यो महाअभियानमा जोडिएको हुँ,’ शाहीले भने।

पानीबिना जीवन नचले पनि बागमती कुरूप पारेर नेपाली नेता र जनताले यसलाई नबुझेको प्रमाण दिएको खरेलले बताइन्।

नेपालको सरकार र राज्यले बागमती सफाइको महत्त्व नै नबुझेको उनले बताइन्।

नेपाल सरकारले नेपालका महत्त्वपूर्ण धार्मिक स्थल र बागमतीजस्ता पवित्र नदीहरूको महत्त्व बुझाउन नसकेको पनि खरेलले बताइन्।

बागमती फोहोर पार्नमा पशुपतिबाट निस्कने फोहोरको धेरै भूमिका हुने पनि यी दुई अभियन्ताहरूले बताए।

बागमती सफाइमा जोडिएका यी दुई नामहरूले १२ वर्षका हरेक हप्ता नदीमा पसेर सफाइ गरेका छन्, कहिल्यै थकाइ नमानी र कहिल्यै विश्राम गरी।

बागमती सफाइमा सरकार पनि चुकेको र जनता पनि चुकेको उनीहरूले बताए।

‘बागमती नाक थुनेर हिँड्नुपर्ने अवस्थाबाट बग्ने अवस्थामा आइपुगेको र अब सफा पानी बग्ने अवस्थामा पनि पुग्ने शाही र खरेलले आशा व्यक्त गरेका छन्।

विस्तृत कुराकानी:

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?