टेक स्टार्टअपहरूलाई सशक्त बनाउन सुरु भयो ‘मोमो भिसी’

टेक स्टार्टअपहरूलाई सशक्त बनाउन सुरु भयो ‘मोमो भिसी’
प्रीति अधिकारी र साजन गौतम।
+
-

नेपाली डायस्पोराका दुई व्यक्ति प्रीति अधिकारी र साजन गौतमले ‘मोमो भिसी’को आधिकारिक सुरुवात गरेका छन्। अमेरिकामा आधारित यस भेन्चर क्यापिटल फर्मले साइबर सुरक्षा, एआई, फिनटेक, डिजिटल स्वास्थ्य, बायोटेक र दिगोपनमा खुलेका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्य राखेको छ।

‘मोमो शब्दले नेपाली समुदायमा जगाउने आराम र आत्मीयताको भावनाप्रति सत्य रहेर हाम्रो फर्मले केवल पूँजी मात्र होइन, त्योभन्दा बढी दिन प्रतिबद्ध छ,’  मोमो भिसीकी सह-संस्थापक प्रीति अधिकारीले भनिन्।  द ग्रेट नेपाली डायस्पोरा (TGND) स्थापना गरेकी अधिकारीले समुदाय निर्माण गर्न र नेपाल र बाँकी विश्व बीचको खाडललाई कम गर्न सघाउँछिन्। विगत तीन वर्षमा, TGND ले १५० भन्दा बढी नेटवर्किङ कार्यक्रमहरू आयोजना गरेर विश्वव्यापी नेपाली व्यावसायिक डायस्पोरालाई जोडेको छ। त्यसअघि, उनले अग्रणी एआई प्रदायक फ्युजमेशिन्स इंकको मार्केटिङ र अपरेशनको उपाध्यक्षका रूपमा काम गरेकी छन्।

सह-संस्थापक र साझेदार साजन गौतम यसमा प्राविधिक र उद्यम सल्लाहकारका रूपमा काम गर्छन्। साजन अमेरिकाको सबैभन्दा ठूला बैंकमध्ये एक आर्भेस्ट बैंकमा प्रमुख सूचना सुरक्षा अधिकारी थिए। उनले आफ्नो सुरुवाती वर्षहरू सिटी र ईवाईजस्ता संस्थाहरूमा पनि बिताए। उनले विश्वव्यापी भीसी सिन्डिकेटहरूसँग नजिकबाट काम गरेका छन्।

यो कोष विश्वव्यापी प्राविधिक इकोसिस्टमको सन्दर्भमा चौथो संस्था हो। यसअघि सुरु भएका द ग्रेट नेपाली डायस्पोरा र नेपाल भेन्चर स्टुडियोले प्राविधिक क्षेत्रमा दह्रो उपस्थिति जनाइसकेका छन्।  कोषले पहिले नै इमिग्रेसन टेक प्लेटफर्म इमेरामा लगानी गरिसकेको छ र आगामी तीन देखि पाँच वर्षमा अमेरिकाका ४० स्टार्टअपहरूमा लगानी गर्ने योजना बनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?