काठमाडौँ नजिकैको ऐतिहासिक ‘कुञ्छाल’ गाउँ, ३०० वर्ष पुरानो बस्तीमा होमस्टे

काठमाडौँ नजिकैको ऐतिहासिक ‘कुञ्छाल’ गाउँ, ३०० वर्ष पुरानो बस्तीमा होमस्टे
+
-

हेटौँडा– सङ्घीय राजधानी काठमाडौँबाट करिब एक घण्टाको दूरीमा रहेको मकवानपुरको थाहा नगरपालिकाभित्रको रमणीय ‘कुञ्छाल’ गाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

हरियालीबीच युरोपेली शैलीका झैँ देखिने बुट्टेदार झ्याल र रातो टायलका छाना भएका तीन सय वर्ष पुराना घरहरू यहाँको मुख्य आकर्षण हो।

यो बस्ती नेपालकै एक ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको मानिन्छ, जसलाई भिटोफ नेपालले पर्यटकीय गाउँ घोषणा गरिसकेको छ। यहाँका शिलालेख र ताम्रपत्रले ३०० वर्ष पुरानो इतिहासको प्रमाण दिन्छन् भने स्थानीयहरू यसलाई हजारौँ वर्ष पुरानो मान्छन्।

कुञ्छाल गोपाली समुदायको मात्र बसोबास रहेको गाउँ हो, जहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध जस्ता अनौठा प्रचलनहरू छन्। ७३ वर्षीय अगुवा विष्णु गोपालीका अनुसार, गाउँमा पुर्खाले बनाएका संरचनाहरू यथावत छन्। महिला र पुरुषबीच काममा भेदभाव नहुनु यहाँको अर्को विशेषता हो।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले कुञ्छाललाई जीवित सङ्ग्रहालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। २०७२ को भूकम्पले वरपर क्षति पुर्‍याए पनि यो बस्तीमा भने कुनै असर परेन। यहाँका बासिन्दाहरूले सामुदायिक होमस्टे सञ्चालन गरी पर्यटकहरूको पर्खाइमा छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?