“नायः खिं बाजा बोल” पुस्तक सार्वजनिक, सांसद श्रेष्ठद्वारा संरक्षणमा जोड

“नायः खिं बाजा बोल” पुस्तक सार्वजनिक, सांसद श्रेष्ठद्वारा संरक्षणमा जोड
+
-

काठमाडौँ– नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा आयोजित एक कार्यक्रममा “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक गरिएको छ। क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद विराजभक्त श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन्।

प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको यो पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिले काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशन गरेको हो। पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सांसद विराजभक्त श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजाको रूपमा वर्णन गर्दै यसको संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “यो बाजा अनुशासनमा बजाइने, नियममा आधारित, इतिहास बोकेको बाजा हो,” उनले भने, “म यसको संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्ध छु।”

अन्य वक्ताहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिका अध्यक्ष सुभाष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरुवर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?