अमेरिकाबाट निष्कासित हुने भुटानी शरणार्थीको संख्या २० पुग्यो, डिपोर्ट भएका अधिकांश सम्पर्कबिहीन

अमेरिकाबाट निष्कासित हुने भुटानी शरणार्थीको संख्या २० पुग्यो, डिपोर्ट भएका अधिकांश सम्पर्कबिहीन
+
-

झापा- भुटानबाट खेदिएर नेपाल हुँदै अमेरिका पुगेकामध्ये अहिलेसम्म २० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका छन्।

उनीहरूलाई अमेरिकाले भुटान ल्याएर छाडेको र त्यसपछि भुटानले पनि देश निकाला गरेको हो। तीमध्ये नेपालमा पक्राउ परेका चारजनाबाहेक अरुको अत्तोपत्तो छैन।

अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए।

पहिलो पटक १०, दोस्रो पटक ३, तेस्रो पटक २ र पछिल्लो पटक ५ जनालाई अमेरिकाले डिपोर्ट गरेको पौडेलले बताए।

तीमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर लामो समय हिरासतमा राखेर सर्वोच्च अदालतको आदेशपछि अहिले हाजिरी जमानी रहेका छन्।

तीनजना पूर्व शरणार्थीलाई अमेरिकामा पक्राउ गरेर राखिएको बताइएको छ। अमेरिकाले डिपोर्ट गरेर भुटान पठाए पनि आफ्नो देशले अस्वीकार गरेपछि चारजना अवैध रूपमा नेपाल प्रवेश गरेका थिए।

अहिले ती चार जनालाई थुनामुक्त गरेर सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ। हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?