‘नेपाल-भारत प्राध्यापक सम्मेलन’ गर्दै नइ एकेडेमी

‘नेपाल-भारत प्राध्यापक सम्मेलन’ गर्दै नइ एकेडेमी
+
-

काठमाडौँ- नइ एकेडेमीले दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।

त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा.महादेव अवस्थीको संयोजकत्वमा सम्पन्न हुने यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।

यद्यपि, सम्मेलनको मिति भने तय भइसकेको छैन । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भैसकेका छन् ।

‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक उक्त ग्रन्थ आठ सय पृष्ठ जतिको हुनेछ । सम्मेलनको प्रथम सत्रमा नै कार्यपत्र समाविष्ट उक्त प्रलेख ग्रन्थको लोकार्पण गरिने कार्यक्रम रहेको छ ।

सम्मेलनका लागि प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर क्षत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.रजनी ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.सञ्जय रार्ई तथा डा.अरुणा राई, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीका कार्यपत्र रहेका छन् ।

साथै यस वृहत् ग्रन्थको समीक्षा प्रा.डा.महादेव अवस्थीले गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?