२५ करोडसहित पक्राउ परेका ‘फुच्चे’ले भनिहिँडेका छन्– गुड्नु छ रोडमा, कमाउनु छ नोटमा

२५ करोडसहित पक्राउ परेका ‘फुच्चे’ले भनिहिँडेका छन्– गुड्नु छ रोडमा, कमाउनु छ नोटमा
तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – गुड्नु छ रोडमा, कमाउनु छ नोटमा

जिन्दगीको भारी बोक्नु छ चोटै–चोटमा।

फुच्चे भनिने कुसाङ लामाले जिन्दगीमा कति चोटको भारी बोके? नोटमा कमाउन कति रोडमा गुडी हिँडे? यो खुल्ला वा नखुल्ला। तर करिब २५ करोड नोट बोकी हिँडिरहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ का ४३ वर्षीय उनै लामालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँबाट रसुवा हुँदै चीनको सीमानाकातिर ट्रक लिएर हिँडेका उनलाई सोमबार मध्यराति ११ बजे काठमाडौँ टोखा नगरपालिका–२ झोरबाट प्रहरीले पक्राउ गरेको हो। ट्रकबाट प्रहरीले अमेरिकन डलर र युरो बरामद गरेको छ।

उक्त डलर र युरोको नेपाली रुपैयाँ २५ करोड १९ लाख बराबर हुन्छ। ट्रकमा २५ करोड बढी रुपैयाँ लुकाइहिँड्ने लामाले ट्रकको पछाडि भने दुई लाइन लेखी देखाइहिँडेका छन्। र, उनले भनेका छन्– ‘गुड्नु छ रोडमा, कमाउनु छ नोटमा। जिन्दगीको भारी बोक्नु छ चोटै–चोटमा।’

२५ करोड कसको?


काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ बस्ने लामा ट्रक चालक हुन्। प्रहरी अनुसन्धानबाट लामो समयदेखि उनी रसुवा–काठमाडौँ ट्रकमा समान बोकी हिँडिरहेको खुलेको छ।

सोमबार (चैत ४ गते) उनी काठमाडौँबाट रसुवातिर हिँडेका थिए, एक्लै खाली ट्रक लिएर। सायद उनी रसुवाबाट केही सामान लिएर फर्किने योजना बनाएको हुन सक्ने प्रहरी अनुमान छ।

तर सोही दिन नै प्रहरीलाई विशेष सूचना प्राप्त भयो, ट्रकमा ठूलो मात्रमा पैसा लगिँदै छ। त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डिएसपी अनिल घिमिरेसहितको प्रहरी टोलीले उक्त ट्रकलाई निगरानीमा राख्यो।

रातिको ११ बजेको थियो। प्रहरी टोखा नगरपालिका–२ झोरमा पुगेको थियो। ट्रक रसुवा जान आयो। प्रहरीले विशेष अप्रेसन गरेपछिूठुलो मात्रामा विदेशी रकम भएको पत्ता लाग्यो।

‘पहिले पनि हामीले यस्ता अप्रेसन गरेको आधारमा भिडियोग्राफी गरेर पैसा भएको थाहा पाएका हौँ’, पत्रकार सम्मेलनमा डिएसपी घिमिरेले भने।

उक्त रकम अनिलकै हो? प्रहरी भन्छ– होइन। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार बस्नेतका अनुसार उक्त रकम लामालाई अन्य कसैले दिएको हो।

तर कुन प्रयोजनका लागि उक्त रकम ती व्यक्तिले दिएको भन्ने लामाले हालसम्म खुलाएका छैनन्। उनले प्रहरीलाई भनेका छन्– ‘दुई जना व्यक्तिले यो पैसा लगिदेउ भनेपछि मैले लगिदिन मात्र खोजेको हो।’

ती पैसा दिने दुई जना पनि को हुन् भन्नेमा लामाले खुलाएका छैनन्।

पैसा ट्रकको ड्राइभर बस्नेको बायाँतिर माथिल्लो भागमा फल्सबटम बनाएर लुकाइएको थियो।

लामालाई प्रहरीले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ।

यसअघि सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए ‘लामा’


२५ करोड बोकी हिँडेको अवस्थामा पक्राउ परेका लामा यसअघि सुन तस्करी गरेको आरोपमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। २०७८ सालमा जेलबाट छुटेका उनी ३ वर्षमा विदेशी मुद्रा करोबार गरेको आरोपमा पक्राउ परेका छन्।

२०७४ सालमा यी व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नै सात केजी सुनसहित पक्राउ गरेको थियो। त्यसबेला पनि रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गर्दा पक्राउ परेका थिए।

प्रहरीकाअनुसार सुन तस्करी प्रकरणमा उनी भरिया मात्र थिए। अहिले पनि उनी आफू भरियामात्र रहेको बताएका छन्।

ट्रक आफ्नै


लामाले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रक आफ्नै भएको खुलेको छ। प्रहरीअनुसन्धानबाट ट्रक आमाको नाममा भएको खुलेको हो।

ट्रक चीनबाट आएको सामान ओसारपसार गर्नमा प्रयोग हुँदै आएको थियो। उनले जेलबाट छुटेपछि यो अवैध कार्य पहिलो पटक गरे कि गर्दै आइरहेका थिए भन्नेमा केही खुलेको छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?