स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति
+
-

काठमाडौँ- नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।

उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन ।

उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो ।

आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?