सम्पादकीय:

प्रचण्ड पतन

प्रचण्ड पतन
+
-

‘१९ वर्षमा पटक-पटक आफ्नो नेतृत्व, सहभागिता र प्रभावमा सरकार चलाउँदा किन ज्ञानेन्द्र शाहमाथि छानबिन नगरेको?’ यो आम र स्वभाविक प्रतिक्रिया बनेको छ आम समुदायमा, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका व्यक्तिले हालै दिएका अभिव्यक्तिप्रति। कतिले त्यसलाई टिप्पणीका लागि समेत लायक नभएको तुच्छ अभिव्यक्ति मानी मौन बसेका छन्। एउटा निष्कर्ष स्पष्ट छ, प्रचण्डको सार्वजनिक जीवनको अन्त हो यो र अब उनले उठाएका प्रश्नकै घेराभित्रबाट सफाइ दिनु नै उनको नियति बन्ने छ।

विगत केही वर्षमा सुन तस्करीका अभिभावक तथा प्रत्यक्ष नाम आएका व्यक्तिहरूलाई राजनीतिक पद र संरक्षणसँगै मूर्ति चोरीमा दण्डितहरुलाई मन्त्री बनाएका प्रचण्डले राजनीतिक स्वरुप र शैली स्पष्टरुपमा सार्वजनिक गरेका छन्। यद्यपि, राजनीति र शासनलाई जवाफदेहीविहीन र आलोचना र प्रतिपक्षप्रति असहिष्णुतासँगै भ्रष्टाचारको संरक्षणको ओली शैलीभन्दा उनी केही अर्थमा फरक छन्।

प्रचण्ड नेपाली सत्ता र राजनीतिमा केही बाह्य शक्तिहरूको आशीर्वादमा ल्याइएका व्यक्ति हुन्। नेपालमा सत्ता ‘क्याप्चर’ गर्न राज्य र समाज विभाजित गर्नु उनको उद्देश्य थियो भन्दा हिजो ‘प्रतिक्रान्ति’का एजेन्ट भनिने माहोल थियो, किनकि नेपाली कांग्रेस, एमाले र अन्य १२ बुँदेका आठभाइ उनले ‘क्रान्तिकारी’ मान्नुपर्ने खेलमा रमाएका थिए।

फगत सत्ताका लागि कृष्णप्रसाद सिटौलासँग बालुवाटारमा प्रधानमन्त्री निवासमा गहन सल्लाहपछि उनले दिएको अभिव्यक्ति सम्झे पुग्छ। ‘नेपाली सेना बलात्कारी र भ्रष्टहरुको संस्था हो,’ यो प्रचण्डको अभिव्यक्ति थियो, अति प्रसन्न देखिएका सिटौला समक्ष। हो, पृथ्वीनारायण शाहलाई इतिहासबाट विस्थापित गर्ने क्षणिक षड्यन्त्रमा खलनायक सिटौला थिए।

प्रचण्ड नेपाली सत्ता र राजनीतिमा केही बाह्य शक्तिहरूको आशीर्वादमा ल्याइएका व्यक्ति हुन्। नेपालमा सत्ता ‘क्याप्चर’ गर्न राज्य र समाज विभाजित गर्नु उनको उद्देश्य थियो भन्दा हिजो ‘प्रतिक्रान्ति’का एजेन्ट भनिने माहोल थियो, किनकि नेपाली कांग्रेस, एमाले र अन्य १२ बुँदेका आठभाइ उनले ‘क्रान्तिकारी’ मान्नुपर्ने खेलमा रमाएका थिए।

राजा ज्ञानेन्द्र शाहले पुनर्स्थापित गरेको प्रतिनिधिसभाबाट ज्ञानेन्द्रलाई नै निलम्बन गर्नुको एउटा कारण थियो, नेपालमा राष्ट्रिय एकताको प्रतीक अवधारणा र मान्यतामा स्थापित संस्था ‘हटेपछि’ प्रचण्डको महत्त्वपूर्ण ‘होमवर्क’ एउटा ट्र्याकमा जान्थ्यो। पृथ्वीनारायण शाहको न्यूनीकरण र विस्थापन, नेपाली सेनाको पतनको वातावरण निर्माण, राजसंस्था उन्मूलन र हिन्दू धर्मको हैसियतलाई कमजोर पार्ने काममा आठ भाइ लागे, त्यसको मुख्य अनुहार प्रचण्डको थियो।

प्रचण्डले यो अवशान किन चुने त एउटा ‘ब्ल्याकमेल’को शैलीमा किनकि अहिले उनको कथित रणनीतिको मुख्य दासत्वमा भएको क्रान्तिको उपलब्धि मानिने ‘गणतन्त्र’को सही अर्थ नेपाली जनताले बुझी त्यसलाई ‘कोर्स करेक्सन’ गर्न जनताको भीड उर्लिँदो छ। राजनीतिक दलहरूलाई राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीकका रुपमा राजासँग मेलमिलाप गर्न त्यो भीडको दबाब बढ्दो छ। १२- बुँदेका अन्य आदेशपालकहरूका लागि त्यो कति अर्थ रहन्छ? भन्न सकिन्न। तर प्रचण्डको हैसियत र उपादेयता ती शक्तिहरूका लागि समाप्त हुनेछ, जसले उनलाई यो ‘असाइनमेन्ट’ दिएका थिए।

उनका विकल्प सीमित छन् अब। पूर्वराजासँग र राजसंस्था पुनर्स्थापनाका लागि लामवद्ध भएकाहरूसँग बिनाशर्त क्षमायाचना गर्ने, या सार्वजनिक जीवनबाट तत्कालन पलायन हुने। उनीसँग आफूलाई बचाउ गर्ने नैतिक र राजनीतिक हैसियत समाप्त भएको छ। आफैले उठाएका प्रश्नको जवाफ मात्र हैन, अब त्यस बाहिरका विविध विषयहरूबारे पनि उनले जवाफ दिनु पर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?