मधेस प्रदेशमा यो वर्ष ८८ हजार ८५८ जना विद्यार्थी एसईईमा सहभागी हुँदै

मधेस प्रदेशमा यो वर्ष ८८ हजार ८५८ जना विद्यार्थी एसईईमा सहभागी हुँदै
+
-

जनकपुरधाम – चैत ७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन्।

शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिनेछन्।

शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालका अनुसार यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछ। धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले एसईईमा सहभागीता जनाउने उनले जानकारी दिए ।
चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइने उनले बताए। यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइने शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्षको एसईईमा मधेस प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण गर्दा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?