कार्यकारी अधिकृतसम्बन्धी छानबिन समितिलाई आफूखुसी निष्क्रिय बनाएर बालेनले मन्त्रालयलाई पठाए राय

कार्यकारी अधिकृतसम्बन्धी छानबिन समितिलाई आफूखुसी निष्क्रिय बनाएर बालेनले मन्त्रालयलाई पठाए राय
तस्बिरः किरणराज विष्ट/रासस
+
-

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले ‘काठमाडौँ भ्यू –टावर सम्बन्धी छानबिन समिति’लाई आफूखुसी निष्क्रिय बनाएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई राय पठाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथिको छानबिन प्रतिवेदन मन्त्रालयले माग गरेपछि साहले सचिवालयमार्फत छानबिन सम्बन्धीको राय मन्त्रालयलाई पठाएका हुन्। राय सोमबार पठाइएको साहका सहायक स्वकीय सचिव नविन भण्डारीले बताए।

‘छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन। त्यसपछि शहरी व्यवस्थापन विभाग, कानुन र सार्वजनिक निर्माण विभागको राय सोमबार नै हामीले मन्त्रालयलाई राय पठाएका छौँ’, उनले देशसञ्चारसँग भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले भ्यू–टावरको नक्सा कानुन विपरीत पास गरेको भन्दै महानगरले ७ पुसमा कारबाही गरेको थियो। त्यसपछि उनीमाथि छानबिनका लागि समिति बनाएको भए पनि उक्त समितिले समयसीमाभित्र प्रतिवेदन बुझाएको थिएन।

फागुन ५ गते समितिको समयावधि सकिएको थियो। त्यसपछि समितिले थप अनुसन्धान गर्नुपर्ने भन्दै १५ दिनको समय माग गरेको भए पनि मेयर साहले समय नथपेर समितिलाई निष्कृय बनाएका थिए।

समितिलाई निष्कृय बनाएर शहरी व्यवस्थापन विभाग, कानुन र सार्वजनिक निर्माण विभागलाई राय पठाउन भनेका थिए। तीन विभागले भ्यू–टावरसम्बन्धि राय सोमबार नै बुझाएको थियो।

उक्त रायलाई जस्ताको त्यस्तै मन्त्रालयमा पठाइएको सहायक स्वकीय भण्डारीले जानकारी दिए। ‘१९ तलाको भू–टावर बनाउन दिने नक्सा पास गर्नु कानुन विपरीत हो। जुन गलत भयो भन्ने राय छ। त्यही पठाएका छौँ’, उनले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?