च्याम्पियन्स ट्रफी: सेमिफाइनलमा भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

च्याम्पियन्स ट्रफी: सेमिफाइनलमा भारत र अस्ट्रेलिया तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने
+
-

च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल भिडन्त तय भएको छ। समूह ‘ए’ को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई हराएसँगै सेमिफाइनलमा भारतले अस्ट्रेलिया तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग भिड्ने पक्का भएको हो।

समूह ‘ए’ को विजेता बनेको भारतले समूह ‘बी’ को उपविजेता बनेको अस्ट्रेलियासँग युएइमा खेल्ने छ। त्यस्तै पाकिस्तानमा समूह ‘बी’ को विजेता दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्ने छ।

आइतबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २ सय ५ रनमा समेटिएपछि भारतले ४४ रनको जित निकाल्यो। भारतको यो समूहचरणमा शतप्रतिशत जित हो। उसले बंगलादेश, पाकिस्तान र न्युजिल्यान्डलाई हराउँदै अपराजित रहेर सेमिफाइनल प्रवेश गर्यो।

भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाउँदा अक्षर पटेलले ४२ रन बनाएका थिए। त्यस्तै हार्दिक पाण्ड्याले ४५ रन बनाउँदा  रविन्द्र जडेजाले १६ रन बनाएका थिए। विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्माले १५ रन बनाएका थिए। न्युजिल्यान्डका लागि म्याट हेनरीले ५ विकेट लिएका थिए।

२ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड भारतीय बलर सामु खुलेर खेल्न सकेन्। उसका लागि केन विलियमसनले ८१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन। कप्तान मिचेल स्यान्टनरले ८८ रन बनाउँदा विल योङले २२ रन बनाएका थिए। भारतका लागि वरुण चक्रवर्तीले ५ विकेट लिंदा कुलदिप यादवले २ विकेट लिएका थिए।

प्रतियोगिताको पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबिच मंगलबार दुबइमा हुने छ। दोस्रो सेमिफाइनल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच लाहोरमा हुने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?