पोपको स्वास्थ्य अवस्था अझै गम्भीर, मृगौलामासमेत असर देखियो

पोपको स्वास्थ्य अवस्था अझै गम्भीर, मृगौलामासमेत असर देखियो
+
-

काठमाडौँ– क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेको जनाइएको छ। मृगौलामासमेत हल्का समस्या देखिएको र नियन्त्रणको प्रयास भइरहेको भ्याटिकनले जनाएको छ।

रक्त परीक्षणले मृगौलामा सुरुवाती र हल्का समस्या देखाए पनि अहिले नियन्त्रणमा रहेको जनाइएको छ। ८८ वर्षीय पोप हाल दुवै फोक्सोमा निमोनियासँग संघर्ष गरिरहेका छन्।

भ्याटिकनका अनुसार, एक हप्ताअघि अस्पताल भर्ना भएका पोपलाई शनिबार साँझदेखि थप श्वासप्रश्वाससम्बन्धी जटिलता देखिएसँगै उनलाई उच्च निगरानीमा राखेर उपचार गरिराखिएको छ।

भ्याटिकनका अनुसार पोप सचेत र ठीक प्रकारले प्रतिक्रिया दिन सक्ने अवस्थामा रहेका छन्। ‘पोपको स्वास्थ्य जटिल भएकाले औषधिको प्रभाव हेर्न केही समय कुर्नुपर्ने भएकाले अहिलेनै उनलाई सुधार भएको वा नभएको भन्ने बारे निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन।’ भ्याटिकनले बताएको छ।

करिब १२ वर्षको पोपत्वमा उनले तेस्रो पटक मात्र साप्ताहिक एन्जेलस प्रार्थना स्थगित गरेका छन्। यसअघि हप्ताको सुरुमा पोपको स्वास्थ्य अवस्था केही सुधारिएको देखिएको थियो। बिहीबार भ्याटिकनले उनलाई दिइएको निमोनियाको उपचारले ‘सकारात्मक’ असर गरिरहेको बताएको थियो।

पोप फ्रान्सिसलाई फेब्रुअरी १४ मा रोमको एक क्लिनिकमा भर्ना गरिएको थियो। प्रारम्भमा श्वासप्रश्वाससम्बन्धी संक्रमणको परीक्षण गरिएको भए पनि पछि गरिएको सीटी स्क्यानले दुवै फोक्सोमा निमोनिया देखाएको थियो।

ओरल्यान्डो हेल्थ मेडिकल ग्रुप युरोलोजीका मृगौला शल्यचिकित्सक डा. जामिन ब्राम्भाटले सिएनएनलाई दिएको जानकारी अनुसार भ्याटिकनको पछिल्लो स्वास्थ्य अपडेटप्रति धेरै चिन्ता गर्नु पर्ने अवस्था अहिले छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?