एआई नीति सुधारका लागि क्यानले सरकारलाई बुझायो सुझाव

एआई नीति सुधारका लागि क्यानले सरकारलाई बुझायो सुझाव
+
-

काठमाडौं- नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल (क्यान) ले आफ्ना महत्त्वपूर्ण सुझाव सहितको अवधारणा पत्र सरकारलाई बुझाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर महासंघको प्रतिनिधिमण्डलले उक्त अवधारणापत्र बुझाएको हो।

‘नेपालमा एआईको प्रयोग र अभ्यास’  शीर्षक को अवधारणा पत्र महासंघका एआई संयोजक तथा उपाध्यक्ष चिरञ्जीवी अधिकारी, प्रा.डा. सुदन झा, अधिवक्ता दिक्षा राउत र गंगाभण्डारी को समीक्षात्मक अध्ययन तथा सिफारिसमा तयार गरिएकोहो।उक्त दस्तावेजमा प्रविधि नवप्रवर्तन, एआई अनुसन्धान, नैतिक एआई विकास, डेटा सुरक्षा तथा नियमन जस्ता विषयलाई केन्द्रमा राख्दै विभिन्न सिफारिस प्रस्तुत गरिएको छ।

नेपाल ले नयाँ प्रविधिहरूको विकास तथा अनुसन्धानलाई प्रवर्द्धन गरेमा एआई क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सक्ने र विश्वव्यापी प्रतिस्पर्धामा उत्रन सक्ने महासंघको धारणाछ। साथै, एआई प्रविधिको विकासले गर्दानै तिनका मूल्यहरूलाई उच्चप्राथमिकता दिनुपर्ने, डिजिटल समावेशीकरण तथा मानवअधिकारको रक्षा गरिनुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी, एआई प्रविधिको विकास गर्दा नैतिकतालाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा क्यानले जोड दिएको छ। एआईको प्रयोग ले कसैलाई पनि हानि नपुर्याओस् भन्नेकुरा सुनिश्चित गर्नुपर्नेमा जोडदिइएको छ।यसका साथै, एआईको प्रयोगको लागि आवश्यक डेटाको सुरक्षाको लागि बलियो प्रणाली बनाउनुपर्ने मा पनि महासंघले सुझाव दिएकोछ। डेटाको दुरुपयोग हुनबाट रोक्न को लागि कडा नियमहरु बनाउनुपर्ने कुरा उठाइएको छ।

एआई प्रविधिको प्रयोग लाई नियमन गर्नको लागि स्पष्ट नीति रकानुन बनाउनुपर्ने सुझाव पनि क्यान महासंघले दिएको छ। त्यस्तै एआई को विकास र प्रयोगलाई प्रभावकारी बनाउनको लागि विभिन्न क्षेत्रहरुबीच सहकार्यआवश्यक रहेको कुरामा पनि जोडदिइएको छ। अवधारणापत्रमा सरकार, निजीक्षेत्र, शैक्षिकसंस्थाहरु र अन्य सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव समावेश गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?