कम्युनिष्ट पार्टीबीच सहकार्य गर्ने पोखरेलको प्रस्तावले सत्ता गठबन्धनमा हलचल

कम्युनिष्ट पार्टीबीच सहकार्य गर्ने पोखरेलको प्रस्तावले सत्ता गठबन्धनमा हलचल
+
-

काठमाडौँ – सरकारको नेतृत्व गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको कम्युनिष्ट पार्टीहरूबीच सहकार्य गर्ने प्रस्तावले सत्ता गठबन्धनमा हलचल पैदा गरेको छ।

आइतबार माओवादी नेता वर्षमान पुनसँगको टेलिफोन संवादबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले कम्युनिष्ट पार्टीबीचको ध्रुवीकरणका लागि आफूले प्रयास गरे पनि पुनले कुरा नबुझेको बताएका थिए।

पोखरेलले भनेका थिए, ‘कार्यकर्ताकाे मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनको निर्माण अबको बाटो हो। वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्छ।’

पोखरेलको अभिव्यक्तिपछि एमालेसँगको सत्ता सहकार्यमा रहेको कांग्रेस झस्किएको छ। आफूसँग सत्तामा रहँदारहँदै अन्य कम्युनिष्ट पार्टीसँग मिलेर अघि बढ्न खोजेको स्वीकाराेक्ति महासचिव तहकै नेताबाट बाहिरिएपछि कांग्रेसका नेताहरू गम्भीर बनेका हुन्।

कांग्रेसभित्र पोखरेलको उक्त भनाइलाई तल्लो तहका नेतादेखि पार्टी सभापति शेरबहादुर देउवासम्मले गम्भीरतापूर्वक लिएका छन्। पार्टी कामले आइतबार दाङ पुगेका देउवाले आफ्नो सचिवालयमार्फत पोखरेलको उक्त भनाइको आधिकारिकता पत्ता लगाउन निर्देशन दिएको कांग्रेसका एक नेताले बताए।

‘सभापतिज्यू (शेरबहादुर देउवा)ले सचिवालयमार्फत पोखरलको भनाइलाई गम्भीरताका रुपमा लिनुभएको छ। अहिले सचिवालयमार्फत बुझ्न भन्नुभएको बुझिएको छ’, ती नेताले भने, ‘दाङबाट फर्किएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै कुरा गर्ने पनि तयारी गर्नुभएको छ।’

कांग्रेसका दोस्रो तहका प्रभावशाली नेताहरूले समेत पोखरेलको अभिव्यक्तिप्रति गम्भीरता दर्शाउँदै पार्टी सजग हुनुपर्ने सुझाव पार्टी सभापति देउवालाई दिइसकेका छन्।

देउवाइतर समूहले यसै पनि एमालेसँग मिलेर सरकार गठन गरेको मन पराएको छैन। खुलेरै इतर समूहका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएका छन्।

यस्तो अवस्थामा केपी ओलीका विश्वासपात्र महासचिव पोखरेलले कम्युनिष्ट पार्टीबीचको सहकार्यको कुरा सामाजिक सञ्जालमै बताएपछि त्यसले कांग्रेसभित्र हलचल ल्याएको हो।

शनिबार माओवादी नेता पुन र एमाले महासचिव पोखरेलबीच कुराकानी भएको थियो। उक्त कुराकानीका विषय गुल्मी पुगेर खोलिदिएका थिए।

पुनले फोनमा भएको कुरा बाहिर ल्याइदिएपछि पोखरेलले भनेका थिए, ‘अब त उहाँ (पुन)सँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?