गोकर्णेश्वरका त्रिकोण र विद्यामठले संयुक्त रुपमा मनाए अभिभावक दिवस

गोकर्णेश्वरका त्रिकोण र विद्यामठले संयुक्त रुपमा मनाए अभिभावक दिवस
+
-

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाका दुई विद्यालय त्रिकोण पब्लिक मावि र विद्यामठ स्कुलले अभिभावक भेला सम्पन्न गरेका छन्। गोकर्णश्वर नगरपालिका–५ मा रहेको त्रिकोण पब्लिक स्कुल र गोकर्णेश्वर नगरपालिका– ६ मा रहेको विद्यामठ स्कुलले संयुक्त रुपमा अभिभावक भेला सम्पन्न गरेका हुन्।

गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित छिमेकी पार्टी प्यालेसमा बुधबार आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल,वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी तथा वडा नं ६ का अध्यक्ष नवराज लामाको उपस्थिति थियो। सो कार्यक्रममा गोकर्णेश्वर नगर प्याव्सनका निर्वाचित पदाधिकारी तथा यस क्षेत्रबाट शैक्षिक तथा अन्य सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्ने बिशिस्ट व्यतित्वहरुको उपस्थिति थियो।

सो कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक हरिकुमार ठकुरीले गरेका थिए। साथै प्रधानाध्यापक जितबहादुर बस्नेतले कार्यक्रमकोऔचित्यबारे प्रस्ट पारेका थिए। कार्यक्रममा उक्त विद्यालयले सामाजिक तथा साहित्यिक क्षेत्रमा बिशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानसमेत गरेको थियो।

सम्मानित हुनेमा  साहित्यकार, समालोचक तथा आख्यानकार विजय चालिसे एवं नेपाली चलचित्र क्षेत्रका निर्देशक बद्री अधिकारीलगायत छन् । कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरेका खेलकुद कार्यक्रममा बिजयी विद्यार्थीलाई शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?