‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
+
-

काठमान्डौं- यू-१९ महिला विश्वकप अन्तरगत आज भएको ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पहिलो ब्याटिङ  गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालले आफ्नो इनिङमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्दा सामान्य स्कोरमै चित बुझाउनु परेको थियो। कसिलो बलिङ गरेको अमेरिकाका लागि ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हला, सान्भी इम्मादी र पूजा साहले समान १-१ विकेट लिएका थिए।

५९ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि इसानी भोगले सर्वाधिक २४ रन बनाएकी थिइन्। अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो। यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो।

मलेसियामा हुने यु १९ महिला टी-२० विश्वकप जनवरी १८ देखि सुरु हुँदैछ । नेपालले समूह चरणमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?