जय ट्रफी: मंयकको शतक तर बागमतीसँग बराबरीमा रोकियो मधेश

जय ट्रफी: मंयकको शतक तर बागमतीसँग बराबरीमा रोकियो मधेश
शतक प्रहार गरेपछि मंयक यादव तस्बीर: क्यान
+
-

काठमाडौं- जय ट्रफी अन्तर्गत दुई दिवसीय खेल अन्तर्गत आफ्नो पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबिचको खेल बराबरीमा सकिएको छ। दोस्रो दिन बागमतीले २० ओभरको खेल खेल्दा दिन सकिएसँगै खेल बराबरीमा सकिएको हो।

दोस्रो दिनको खेल नतिजा विहीन हुँदा खेल बराबरीमा सकिएको छ। दोस्रो दिन ब्याटिङ गरेको मधेशका लागि ओपनर मंयक यादवले शतकीय इनिङ खेल्दै समग्रमा मधेशले बागमती समक्ष १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दिनको खेल सिकंदा बागमती ६ विकेट गुमाएर ९७ रन जोड्दै अविजित रहेपछि खेल बराबरीमा सकिएको हो।

त्यसअघि पहिलो इनिङमा १ सय २ रन बनाएको थियो। बागमतीका लागि सन्दीप लामिछानेले ५ विकेट लिंदा सुर्य तामाङले ३ विकेट लिएका थिए। मधेशका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेका थिएनन्। जवाफमा बागमतीले पहिलो इनिङमा नन्दन यादवको ४७ रनको सहयोगमा १ सय ५० रन बनाउँदै ४८ रनको अग्रता लिएको थियो।

दोस्रो दिन मंयकले १०८ बलको सामना गर्दै १२ चौका र २ छक्काको सहयोगमा १०६ रनको शतकीय इनिङ खेल्दा सम्भावित हार टार्नलाई पर्याप्त भयो। मधेशका अन्य ब्याटरको प्रदर्शन गर्न सकेन्। दोस्रो दिन मधेशले ४३.२ ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। दोस्रो इनिङमा पनि बागमतीका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए।

त्यसपछि समग्रमा १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले विष्फोटक प्रदर्शन गर्न सकेन्। यद्यपि उसले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाउँदा दिनको खेल सकिएपछि खेल बराबरीमा सकियो। उसका लागि शुभंम कसंकारले २३ रन बनाउँदा ऋत गौतमले २५ रन बनाएका थिए।

दुई इनिङमा १० विकेट लिएका बागमतीका कप्तान सन्दीप लामिछाने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?