एनपिएलः दीपेन्द्रले कार पाए, ललितले मोटरसाइकल

एनपिएलः दीपेन्द्रले कार पाए, ललितले मोटरसाइकल
एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेपछि पाएको कारमा दीपेन्द्र सिंह ऐरी। तस्बिरः वर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले ओमोडा ई–५ कार जितेका छन्।

६२ लाख मूल्य बराबरको उक्त कार जितेका दीपेन्द्रले प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गर्दै उत्कृष्ट अलरान्डर प्रदर्शन गरेका थिए। दीपेन्द्रले एक अर्धशतकसहित कुल ९ खेलबाट २ सय २७ रन बनाएका थिए भने ९ विकेट हात पारेका थिए।

तस्बिरः बर्षा शाह।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी तथा कप्तान दीपेन्द्र सिंह ऐरीले टिमका लागि निकै उच्च स्तरको ‘कप्तानी’ गर्दै टिमलाई फाइनलसम्म पुर्‍याए। उनले केवल २ खेलमा मात्र हार भोग्नु पर्‍यो। समूह चरणमा एक हार भोगेको सुदूरपश्चिमले फाइनलमा उच्च स्कोरका बाबजुत अर्को हार भोग्यो।

दीपेन्द्र पछिल्लो क्रममा आएर पनि उच्च कोटीको प्रदर्शन गर्ने एक्लो खेलाडी हुन्। छैटौँ या सातौँ नम्बरमा ब्याटिङका लागि आएर दीपेन्द्रले टिमको संकटपूर्ण अवस्थालाई पार लगाएका छन्।

उनी टिमको राम्रो सुरुवात भएको खण्डमा केही ‘विकेट डाउन’ भएपछि अगाडि आए पनि उनले पछिल्लो क्रमबाटै आफ्नो ब्याटिङ लाइनअप राम्रोसँग सम्हालेका थिए।

यस्तै, जनकपुर बोल्ट्सका बलर ललित राजवंशीले मोटरसाइकल पुरस्कार पाएका छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर बनेका राजवंशीले मोटरसाइकल जितेका हुन्।

पुरस्कारमा पाएको मोटरसाइकल चलाउँदै ललित राजवंशी। तस्बिरः बर्षा शाह।

एनपिएलः कार पुरस्कारका लागि यसकारण सर्वाधिक अघि छन् दीपेन्द्र

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?