एनपिएल फाइनल: सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई तेस्रो पटक हराउला?

एनपिएल फाइनल: सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई तेस्रो पटक हराउला?
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिगको पहिलो संस्करणले आज विजेता पाउँदैछ। लिग चरण र प्लेअफका ३१ खेलपछि हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। लिग चरणमा शीर्ष दुईमा रहेर क्वालिफायर भिडेका यी दुई टोली अब उपाधिका लागि पनि एकअर्का विरुद्ध भिड्दैछन्।

यी दुई टिमबिचको प्रतिस्पर्धा आज दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ। फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउँदा उपविजेताले पनि ५१ लाख हात पार्नेछ।

सुदूरपश्चिमले क्वालिफायर जितेर सिधै फाइलन खेल्दा जनकपुर भने पहिलो क्वालिफायर हारेपछि दोस्रो क्वालिफायर जितेर फाइनल पुगेको हो। सुदूरपश्चिम र जनकपुर फाइनल खेल्न मैदान उत्रँदा यी दुवै टोली आ-आफ्नो विषेशताका साथ मैदान उत्रिनेछन्।

मैदानमा जनकपुर लगातार सुदूरपश्चिसँगको हारको बदला लिन मैदानमा उत्रिँदा स्वभाविक रुपमा सुदूरपश्चिम आफ्नो लयलाई कायम राख्दै यहि प्रतियोगितामा तेस्रो पटक जनकपुरलाई हराउने ध्याउनमा रहनेछ।

त्यसतो जारी प्रतियोगितामा सर्वाधिक धेरै समर्थक भएका दुई टिमबिचको प्रतिस्पर्धा स्वभाविक रुपमा अपेक्षित छ। एनपीएलमै सबैभन्दा धेरै समर्थक हुने टोली सुदूरपश्चिम हो। सिंगो सुदूरपश्चिमको साथ रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर पनि आफ्नो उच्च समर्थक टोलीसहित मैदान उत्रिँदैछ।

सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेखले फाइनल अघि राम्रो क्रिकेट खेल्दै उपाधि जित्न प्रयास गर्ने बताएका छन्।

जनकपुरका कप्तान आसिफले बदला भन्दा पनि उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य रहेको बताए। उनले भने  ‘पछिल्ला हारको बदला भन्दा पनि आफूले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पिनय बन्ने लक्ष्य हो। यद्यपि नतिजा जे भए पनि मैदानबाट बाहिर आउँदा सबैसँग जेजति छ त्यो सबैले आफ्नो बेस्ट दिएको महसुस हुने गरी प्रतिस्पर्धा गर्छौं।’

त्यस्तै सुदूरका कप्तान दीपेन्द्रले पनि जनकपुरलाई सहज टिमको रुपमा नलिएको बताए। उनले योजना असार खेल्दा फाइनल पुगेको र अब अन्तिम खेल जित्दै ट्रफी चुम्ने लक्ष्यमा रहेको बताए। उनले भने  ‘जनकपुरको टिम पनि राम्रो छ, खेल्न सहज हुँदैन्। हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं। त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं।’  दिपेन्द्रले फाइनल खेलमा दबाब नलिइ  खेल्न प्रयास गर्ने बताए।

यस्तो छ जनकपुरको टोली

आशीफ शेख, अनिल कुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, विदेशी खेलाडी: जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा)

यस्तो छ सुदूरपश्चिम रोयल्सको टोली

दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोज राज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इंग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड), हर्मित सिंह (अमेरिका)

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?