विपिन भन्छन्ः छिट्टै चर्चामा आएर हराउन चाहन्न

विपिन भन्छन्ः छिट्टै चर्चामा आएर हराउन चाहन्न
+
-

काठमाडौँ – कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्युन योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन्।

जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले पिचमा ब्याटिङ गर्न सहज नरहेको उल्लेख गर्दै ११९ रनको लक्ष्य रक्षा गर्ने उद्देश्यका साथ खेलेको बताएका हुन्।

आफ्नो टिमलाई जस्तै जनकपुरलाई पनि ब्याटरलाई ब्याटिङ गर्न सहज नहुने भएकाले त्यहीअनुरूप खेलेको उनको भनाइ छ। यद्यपि, उनले त्यो पिच १३० रनसम्मको लक्ष्य राम्रो हुन सक्ने पनि उल्लेख गरे।

केही दिन अगाडि जनकपुर बोल्ट्सका जिमी निसमसँगको भेटमा उनलाई आउट गर्ने अठोट व्यक्त गरेको उनको भनाइ छ। उनलाई आउट गर्न सफल हुँदा धेरै खुसी रहेको उनी बताउँछन्।

विपिनले अहिले नै आफूलाई धेरै चर्चामा नल्याउन पनि आग्रह गरेका छन्। धेरै खेलाडीहरू छिट्टै चर्चामा आएर हराउने गरेकाले आफू त्यो बन्न नचाहने उनको भनाइ छ। प्रक्रियागत रूपमा १/१ पाइला अगाडि बढ्ने विपिनको योजना छ।

उनले एनपिएलजस्तो ठूलो स्टेजमा खेल्ने अवसर पाउनु नै आफ्नो लागि महत्वपूर्ण रहेको बताए। आफू कर्णाली क्रिकेट एकेडेमीमा सिक्ने गरेको र त्यहाँका प्रशिक्षकसँगै कर्णाली प्रदेशका कप्तान रविन्द्रजंग शाहीले यहाँसम्म आइपुग्न मद्दत गरेको उनी बताउँछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?