हरिदेवी कोइरालासहित ८ स्रष्टालाई सम्मान

हरिदेवी कोइरालासहित ८ स्रष्टालाई सम्मान
+
-

पोखरा- अग्रज लोक गायिका हरिदेवी कोइराला सम्मानित भएकी छन्। 

शुक्ला साहित्य संगमले तनहुँले नेपाली कला र साहित्यको क्षेत्रमा विशेष योगदान पुर्‍याएको उल्लेख गर्दै सम्मान गरेको हो। 

कोइरालालाई ‘शुक्ला विशिष्ट सम्मान’ पुरस्कार प्रदान गरिएको छ। उनलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, शुक्ला साहित्य संगमका संस्थापक शेषमणी आचार्य, शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले दोसल्ला, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरे। 

शुक्ला साहित्य संगमले प्रकाशन गरेको शुक्ला प्रवाह निबन्ध संग्रहको लोकार्पण समारोहमा हरिदेवीसमेत ८ जना स्रष्टालाई विभिन्न विधाको पुरस्कार प्रदान गरिएको छ। 

साहित्यकार स्ट्रगल रानालाई ‘शुक्ला मेनका यावद स्रष्टा सम्मान पुरस्कार’ प्रदान गरिएको छ।  चित्रकार यादव भुर्तेल र  मेनका भुर्तेलको नामबाट स्थापना गरिएको यो पुरस्कारको राशी ११ हजार पाँच रुपैयाँ रहेको छ।  

सञ्चारकर्मी आर्जु विष्ट ‘सल्यानी’ लाई  १० हजार रुपैयाँ राशी सहितको ‘शुक्ला पुरस्कार’ प्रदान गरिएको छ।

‘शुक्ला प्रतिभा पुरस्कार’ कवि यामप्रसाद सापकोटालाई प्रदान गरिएको छ। उनले नगद पाँच हजार रुपैयाँ पाए।
‘बाल प्रतिभा पुरस्कार’ बाट नवोदित गायिका पूर्णिमा थापा र विनिता परियार, नृत्यकार सिर्जना राना पुरस्कृत भए । ‘बाल प्रतिभा पुरस्कार’ पाउनेलाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको छ।

शुक्ला साहित्य संगमका संस्थापक शेषमणी आचार्य र जीवनसंगीनी अम्बिका आचार्यद्वारा स्थापित ‘मधु–हरि, कमल–कालिका साहित्य पुरस्कार’ साहित्यकार टुकादेवी आचार्यलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी पाँच हजार रुपैयाँ हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?