अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको उच्च लक्ष्य पछ्याएको लुम्बिनीले खराब सुरुवात गरेको छ।
लुम्बिनीले पहिलो ओभरमै दुई विकेट गुमाएको छ। उसले ५ रन जोड्दा २ विकेट गुमायो।
तेस्रो विकेट कप्तान रोहित पौडेल पनि आउट भएका छन्।
लुम्बिनीका अर्जुन साउद शून्य रनमा आउट हुँदा अर्का ओपनर उन्मुक्त चन्द पनि ४ रनमा आउट भए।
पौडेल ५ रन बनाएर आउट भएका हुन्।