सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १ सय ८८ रनको उच्च लक्ष्य

सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १ सय ८८ रनको उच्च लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ८८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो। टियू मैदान कीर्तिपुरमा जारी सुदूरपश्चिमका ओपनर साइफ जाइबले सर्वाधिक ९० रन बनाउँदा उनले ६१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरेका थिए।

त्यस्तै विनोद भण्डारीले १७ रन बनाए भने ब्रान्डन म्याकमुलनले २३ रनको स्कोर तयार गरेका थिए।

सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे।

त्यस्तै स्कट कुगेलिङ्गले ११ रन बनाएर उनलाई साथ दिएका थिए। लुम्बिनीका लागि रामोन सिमोन्डले २ विकेट लिंदा रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?