अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका ओपनर साइफ जाइब ९० रन बनाएर आउट भएका छन्।
उनले ६१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरेर आउट भएका छन्। उनी लगतै क्रिजमा आएका आरिफ शेख पनि शुन्य रनमा आउट भए। अहिले १७ओभरको समापत्मा सुदूरपश्चिम १ सय ६० रन बनाएर खेलिरहेको छ।
सुदूरपश्चिमका लागि जाइबले ९० रन बनाउँदा विनोद भण्डारीले १७ रन बनाए। त्यस्तै ब्रान्डन म्याकमुलनले २३ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरी २४ रनमा अविजित छन्।
लुम्बिनीका लागि रामोन सिमोन्डले २ विकेट लिंदा रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए।