उच्च स्कोर बनाएर पनि हार्दै आएको लुम्बिनीले बलियो सुदुरपश्चिमलाई हराउला?

उच्च स्कोर बनाएर पनि हार्दै आएको लुम्बिनीले बलियो सुदुरपश्चिमलाई हराउला?
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘हाउसफुल’ रङ्गशालामा शनिबारको पहिलो खेलमा दुई बलिया टिमबीच प्रतिस्पर्धा हुँदैछ। उच्च स्कोरका बाबजुत पराजित हुँदै आएको लुम्बिनी लगातारको जित निकाल्दै आएको सुदूरपश्चिमविरुद्ध आज बिहान मैदान उत्रिँदै गर्दा उसलाई हारको यात्रा अन्त गर्नु पर्ने दबाबमा रहने छ।

यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र विश्व नम्बर २ टी-२० अलराउन्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्तका रुपमा समेत रहने छ। दबाबमुक्त दीपेन्द्र र लगातारको दुई हारले पूर्ण दबाबमा रहेका रोहित बिचको यो खेल समर्थकको लागिसमेत प्रतिक्षित छ।

सुरुवाती दूई खेलमा सुदूरपश्चिम रोएल्सले ब्याटिङ र बलिङ उत्कृष्ट प्रदर्शन गर्दै काठमान्डुलाई ७३ रन र बिराटनगरलाई ९० रनले हराएकाले आत्माविश्वासी छ। लुम्बिनी भने पहिलो खेलमा विराटनगर सँग २ विकेटले पराजित हुँदा पोखरासँग शुक्रबारमात्रै १० विकेटले हारेको थियो। २४ घन्टा नबित्दै लुम्बिनी अर्को खेलका लागि तयार हुनु पर्ने अवस्था बनेको छ।

लुम्बिनी लायन्सको टोली

रोहित पौडेल (कप्तान), सन्दीप जोरा, बिबेक यादव, अर्जुन साउद, सुर्य तामाङ, तिलक राज भण्डारी, विकाश आग्री, आशुतोष घिरैया, दुर्गेश गुप्ता, अभिषेश गौतम, दिनेश अधिकारी, आरिफ खान, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रामोन सिमन्ड्स (वेस्टइन्डिज), साद बिन जफर (क्यानडा)

सुदुरपश्चिमको टोली

दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोज राज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इंग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड), रोहन मुस्तफा (युएई)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?