काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा पोखराले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो विकेट गुमाएको छ।
उसका ओपनर अनिल साहा टिमको स्कोर १० रन हुँदा ३ बल खेल्दै १ रन बनाएर आउट भए। उनलाई विपिन खत्रीले एलबीडब्लु आउट गरेका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो। पोखराका लागि मार्कुस क्रिच्लीको ३५ रन सर्वाधिक रह्यो।
त्यस्तै एन्ड्रिस गौस २० रनमा आउट हुँदा दिनेश खरेल १० रन बनाएर आउट भए। त्यस्तै दिलिप नाथ ११ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै रेमन रेइफर १७ रनमा आउट हुँदा माइकल लिस्क २५ रन बनाएर आउट भएका थिए। कप्तान कुशल भुर्तेल लगातार दोस्रो खेलमा चल्न सकेनन्।
उनी ६ रनमा पेभिलियन फर्किएका थिए। जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिँदा जेमि निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले १ विकेट लिए।