पोखराद्वारा जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

पोखराद्वारा जनकपुरलाई १ सय ३९ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) एनपिएल अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखराले जनकपुरलाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो। पोखराका लागि मार्कुस क्रिच्लीको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै एन्ड्रिस गौस २० रनमा आउट हुँदा दिनेश खरेल १० रन बनाएर आउट भए।

त्यस्तै दिलिप नाथ ११ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै रेमन रेइफर १७ रनमा आउट हुँदा माइकल लिस्क २५ रन बनाएर आउट भएका थिए। कप्तान कुशल भुर्तेल लगातार दोस्रो खेलमा चल्न सकेनन्।

उनी ६ रनमा पेभिलियन फर्किएका थिए। जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा जेमि निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले १ विकेट लिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?