काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन्।
दिउँसो १ बजे सुरु हुने खेलमा दुवै टिम लगातार दोस्रो जित चाहन्छन्। पहिलो खेल हारेको काठमाण्डुले दोस्रो खेलमा जित निकालेको थियो।
यस्तोमा सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलनै जितेकाले लगातार दुई खेलमा दुई जितको लक्ष्यमा छ। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा उत्रिँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्दै छ।
दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी तथा विदेशी खेलाडीहरु राम्रो साथ रहेकाले दुबै टोली जितको लक्ष्यमा मैदान उत्रिँदै छन्। अङ्क तालिका सुधारका लागि काठमाण्डु लगातार दुई खेलमा जित निकालेर आफूलाई बलियो प्रमाणित गर्ने लक्ष्यमा छ।
प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोली आफ्नो अनुभवसहित दोस्रो खेलमा जितको लागि उत्रिने छ।
यस्तो छ सुदुरपश्चिमको टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहोरा, नरेश बुढायर, अमित श्रेष्ठ, भोज राज भट्ट, नरेन साउद, बसन्त खत्री, सइफ जाइब (इंग्ल्यान्ड), स्कट कुग्गेलेइजन (न्युजिल्यान्ड), ब्रान्डन म्याकमुलेन (स्कटल्यान्ड), रोहन मुस्तफा (युएई)
यस्तो छ काठमाडौंको टोली
करण केसी (कप्तान), भिम सार्की, शाहब आलम, रसिद खान, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, कृष कार्की, माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किनाजी (इंग्ल्यान्ड), गेर्राड एरासमस (नामिबिया), डन डाउथवेट (इंग्ल्यान्ड)