नेपाल प्रिमियर लिग (एनपिएल) मा बिराटनगरले अहिले सम्मको उच्च लक्ष्यको रन चेज गरेको छ। १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरले अन्तिम बल बाँकी हुँदा २ विकेटको जित निकाल्यो।
उसको जितमा लोकेश बम, बसिर अहमद, मार्टिन गुप्टिलले उत्कृष्ट इनिङ खेल्दा टिमका लागि निर्णायक भने क्रिस सोले रहे।
विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि लोकेश बमले ७१ रनको सानदार इनिङ खेले। लोकेशले ४६ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै लोकेश बमले ४० रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। यी दुई बीच पाँचौ विकेटका लागि ७७ रनको साझेदारी भएको थियो। त्यस्तै बिराटनगरका लागि मार्टिन गुप्टिलले २८ रन बनाउँदा गुप्टिलले ६ चौका प्रहार गरेका थिए।
अन्तिम ओभरको रोमाञ्चक्ता
अन्तिम ओभरमा बिराटनगरलाई १५ रन चाहिएको अवस्थामा लुम्बिनीका विवेक यादव बलिङका लागि आए। उनले सुरुवाती दुइ बल वाइड फाल्दा पहिलो बलमा सन्दीपलाई आउट गरे। त्यसपछि क्रिजमा आएका क्रिस सोलेले पहिलो बल डट खेल्दा अर्को बलमा छक्का प्रहार गर्दै टिमलाई ३ बलमा ७ रन चाहिने अबस्थामा पुर्याए। उनले अर्को बलमा चौका प्रहार गर्दै टिमलाई २ बलमा ३ रनको अवस्थामा पुर्याए। अर्को बलमा चौका प्रहार गर्दै उनले टिमलाई अन्तिम बल अगाडि नै जित दिलाए।उनले ४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे। उनी खेल जिताउने नायक सावित भए।
प्रतियोगिताकै उच्च लक्ष्य
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई जितका लागि १ सय ९२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। यो जारी लिगकै सर्वाधिक उच्च लक्ष्य थियो। यसअघि सुदुरपश्चिम रोयल्सले विराटनगरलाईनै १ सय ८२ रनको लक्ष्य दिएको थियो। जुन उच्च लक्ष्यका रुपमा रहेको थियो।
जसलाइ लुम्बिनीले तोडेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडेले सर्वाधिक २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाए। त्यस्तै टोम मोरेसले १७ बलमा ३० रन बनाउँदा बिबेक यादवले ७ बलमा १९ रनको विष्फोटक इनिङ खेले। त्यस्तै साद बिन जाफरले १५ रन बनाउँदा अतिरिक्त रनका रुपमा २८ रन पाएको थियो। त्यसअघि ओपनर आसुतोष घिरैयाले १५ र अर्जुन साउदले १७ रन बनाएका थिए। विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत अलाम र राजेश पुलामीले १-१ विकेट लिए। उसका ४ खेलाडी रनआउट भएका थिए।