दुइ बलमा २ विकेट गुमाएपछि विराटनगर पुन ‘ब्याकफुट’ मा

दुइ बलमा २ विकेट गुमाएपछि विराटनगर पुन ‘ब्याकफुट’ मा
+
-

नेपाल प्रिमियर लिग (एनपिएल) कै अहिले सम्मको उच्च लक्ष्य चेज गरीरहेको बिराटनगर किंग्सले राम्रो सुरुवातका बाबजुत शीर्ष अडर लगातार गुमाउन पुग्दा ‘ब्याकफुट’ मा धकेलिएको छ।

आफ्ना स्टार ब्याटर मार्टिन गुप्टिललाई २८ रनमा गुमाएपछि पुन एकपटक विराटनगर धारासायि बन्न लागेको हो। १७ बल खेलेका गुप्टिलले ६ चौकाको सहयोगमा २८ रन प्रहार गरे। उनलाई दुर्गेस गुप्ताले ‘बोल्ड’ भएका थिए। लगतै क्रिजमा आएका राजेश पुलामी साद बिन जफर द्वारा कट एण्ड बोल्ड को सिकार भए। उनी ४ रनमै आउट भएका थिए।

९.३ ओभरमा राजेश पुलामीलाई गुमाएको विराटनगरले अर्को बलमा निकोलस कीर्टनलाई शुन्य रनमा गुमायो। कीर्टन साद बिन जाफरलेनै बोल्ड गरे। उनले ह्याट्रिक विकेट भने लिन सकेनन्।

अहिले बसिर अहमद क्रिजमा आएका छन्। बिराटनगरले १० ओभरमा ७८ रन जोड्दा ४ विकेट गुमाएको छ। उच्च लक्ष्य पछ्याउँदा सानदार सुरुवात गरेको बिराटनगरले यसअघि इनिङको पहिलो ओभरमै २ रनको अबस्थामा ओपनर इस्मात अलामलाई गुमाएको थियो। विराटनगरका लागि ओपनर लोकेश बम र मार्टीन गुप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई जितका लागि १ सय ९२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। यो जारी लिगकै सर्वाधिक उच्च लक्ष्य हो। यसअघि सुदुरपश्चिम रोयल्सले विराटनगरलाईनै १ सय ८२ रनको लक्ष्य दिएको थियो। जुन उच्च लक्ष्यका रुपमा रहेको थियो। जसलाइ लुम्बिनीले तोडेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?