एनपिएलः विराटनगर कति बलियो? जनकपुरलाई रोक्न सक्ला?

एनपिएलः विराटनगर कति बलियो? जनकपुरलाई रोक्न सक्ला?
+
-

काठमाडौँ – एनपिएलका लागि आठ फ्रेन्चाइज टोलीले जतिसक्दो बलियो टोली निर्माण प्रयास गरेका छन्। यस्तोमा उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा दुबै टोली भरिभराउ दर्शकमाझ उत्कृष्ट सुरुवातको प्रतिक्षामा छन्। न्युजिल्यान्डका स्टार मार्टिन गुप्टिल र अर्का न्युजिल्यान्ड स्टार जिमी निशमबीचको भिडन्तका रुपमा समेत यो खेल हेरिएको छ।

विराटनगर किंग्सलाई एनपिएलका लागि विदाइ गर्दैगर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टिमले उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरे। विराटनगर किंग्स समग्र कोशीको प्रतिनिधित्व गर्ने एनपिएल टिम भएकाले पनि उनले यो रकम घोषणा गरेका हुन्। तर, विराटनगर उपाधिका लागि कति सक्षम छ त्यो भने उसका स्वदेशीभन्दा बढी विदेशी खलाडीको प्रदर्शनमा निर्भर हुनेछ।

किनकि कोशीले अक्सनमा नै आफ्नै प्रदेशका खेलाडीलाई टोलीमा राख्न सकेन। कतिपयले कोशीका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीलाई टिममा राख्न नसक्दा विराटनगरको आलोचना गरेका थिए। विराटनगरका पूर्वक्रिकेटर तथा प्रशिक्षक राजेश पोखरेलले सामाजिक सञ्जालमै टोलीमा विराटनगरको खेलाडी नपर्नु आफैमा विडम्बना रहेको बताउँदै आलोचना गरेका थिए।

उनले विराटनगर किंग्सले स्थानीय खेलाडीको महत्व नबुझेको आरोप लगाएका थिए। सामाजिक सञ्जालमा राष्ट्रिय स्तरमा खेलिसकेका प्रतिभालाई समेत ट्यालेन्ट हन्टको नाममा चोरबाट हुँदै टोलीमा राखेको गुनासो गरे। उनले ट्यालेन्ट हन्टको उद्देश्यअनुरुप खेलाडी टोलीमा नपरेको बताए।

त्यसो त विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेबाहेक वर्तमान राष्ट्रिय टिमका कुनै पनि सदस्य छैनन्। यद्यपि, टी–२० विश्वकपमा टोलीमा रहेका प्रतिश जिसी अर्को बलियो नेपाली नाम हो। यीबाहेक लोकेश बम, बसिर अहमदसँग पनि टोलीले अपेक्षा गरेको छ। त्यसो त टिममा रहेका सबै खेलाडीहरु अनुभवी छन्। तर, वर्तमान राष्ट्रिय टिमका सदस्य भित्र्याउन नसकेको विराटनगरको भरोसा विदेशी खेलाडीमै रहेको छ।

४ जना विदेशी खेलाडीलाई स्क्वाडमा राख्न पाउने भएकाले त्यसको फाइदा उठाउने लक्ष्यमा छ। तर, विदेशी खेलाडी टियू मैदानमा कति चल्न सक्छन् त्यो प्रतिक्षाका रुपमा रहेको छ। विश्वका क्रिकेट समर्थकले धेरै सुनेको नाम मार्टिन गुप्टिल टिममा छन्। ३८ वर्षीय गुप्टिलले ३ सय ५० भन्दा बढी खेल खेलेका छन्। २०१५ को एकदिवसीय विश्वकपमा २ सय ३७ रनको अविजित इनिङ खेलेर विश्वभर चर्चा कमाएका गुप्टिलको ब्याटको जादु टियूमा जति चल्छ त्यति टिमलाई मुख्यमन्त्रीले घोषणा गरेको ३० लाखको नजिक पुर्‍याउने छ।

त्यसो त टिममा रहेका अकिब इलियास, निकोलस क्रिटन, क्रिस सोले, इस्मात अलामलगायतका खेलाडीको प्रदर्शन पनि विराटनगरका लागि प्रतिक्षित छ। जसको सुरुवात पहिलो खेलबाटै हुने भएकाले विराटनगर र जनकपुर बोल्ट्सबीचको पहिलो खेल नै विराटनगरलाई सुरुवाती परिक्षणसँगै आगामी यात्राका लागि महत्वपूर्ण हुने पक्का छ।

कस्तो छ जनकपुर?


विराटनगरको तुलनामा राष्ट्रिय स्टारले भरिएको जनकपुर स्वभाविक रुपमा बलियो देखिन्छ। त्यसो त उसले वर्तमान विश्व क्रिकेटमा चलेका अन्तर्राष्ट्रिय खेलाडी तथा पूर्वनेपाली प्रशिक्षक पुबुदु दशानायकेको नेतृत्वमा एनपिएलमा प्रतिस्पर्धा गर्दै छ।

८ टोलीमध्ये जनकपुर उपाधिका हिसाबले सर्वाधिक बलियो मानिएको छ। कम्तिमा कागजी रुपमा नेपाली र विदेशी खेलाडीको बलियो स्क्वाड जनकपुर बोल्ट्ससँग छ। जनकुपुरमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, ललित राजवंशी, हेमन्त धामी, आकाश त्रिपाठी, किशोर महतोलगायतको बलियो नाम छ।

त्यस्तै, विदेशी खेलाडीमा विश्व चर्चित न्युजिल्यान्डका अनुभवी ब्याटर तथा अलराउन्डर जिमी निशम सर्वाधिक ठूलो एनपिएल नाम हो। उनी अहिले पनि किवी टिममा स्थान बनाउन सक्षम खेलाडीका रुपमा हेरिन्छ। उनले न्युजिल्यन्डका लागि सबैखाले क्रिकेट खेलेको अनुभव बटुलेका छन्।

त्यस्तै, श्रीलंकामा जन्मिएर अमेरिकाबाट खेलिरहेका लाहिरु मिलान्था पनि टिमका लागि बलियो प्रदर्शन गर्ने क्षमता राख्छन्। सिनियर टोलीबाट नखेले पनि उनी प्रशिक्षकको रोजाइमा पर्न सक्छन्।

त्यस्तै, अमेरिकाका १९ वर्षीय जोसुआ ट्रोम्प र अमेरिकी लिग खेल्ने पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन पनि टोलीमा रहेका छन्। त्यस्तै, पाकिस्तानका ३७ वर्षीय अलराउन्डर सोएब मक्सुद अर्को बलियो नाम हो। पाकिस्तानको राष्ट्रिय टिमको अनुभब बटुलेका मक्सुद टिमको पहिलो रोजाइमा पर्नसक्ने छन्।

समग्रमा जनकपुर बोल्ट्स स्वदेशी र विदेशी खेलाडीको राम्रो कम्बिनेशन भएको टिम हो। यदि जनकपुरलाई प्रशिक्षक पुबुदुले कम्बिनेशनसहित मैदानमा निकालेमा विराटनगरलाई पहिलो खेल नै मुस्किल पर्ने सम्भावना रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?