रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ
सांकेतिक तस्बिर।
+
-

वीरगञ्ज- बारा कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याक मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कुशवाहाको हत्यापछि फरार रहँदै आएका बाराको आदर्शकोतवाल गाउँपालिका- २ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आदर्शकोतवाल गाउपालिका- २ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख हरिभुसनमाथि आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझ सवा पाँच बजेको समयमा गोली प्रहार भएको थियो ।

उनको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । प्रहरीले उक्त घटनामा प्रयोग भएको हतियार दुई थान पेस्तोल, सात राउन्ड गोली, चारवटा मोटरसाइकल, चार थान मोबाइल, ल्यापटप र सिम कार्ड बरामद गरी अनुसन्धान पगरेको थियो ।

सो क्रममा पक्राउ परेका आठ जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरी सकेको छ । तर घटनाका मुख्य अभियुक्त सुरेन्द्र भने हालसम्म फरार रहँदै आएका थिए ।

उनी कहिले भारत र कहिले नेपालमा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले उनलाई मोरङबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?